कविता ः
जिवनको आधार

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
शिक्षा नै हाम्रो जीवनको आधार ।
दिन्छ हामीलाई असल संस्कार ।।
आनन्द खुशीलाई राख्छ जीवन्त ।
दुख पिडालाई गर्छ अन्त ।।
सधैको लागि हटाउँछ अन्धकार ।
दिन्छ हामीलाई असल संस्कार ।।
शिक्षा नै हाम्रो जीवन सृङगार्छ ।
हिड्ने बाटोमा फुल बर्साउछ ।।
भरिदिन्छ बुद्धि विवेक बिचार ।
दिन्छ हामीलाई असल संस्कार ।।
गल्ती नगर्न लगाउँछ रोक ।
हराउछ सबै चिन्ता शोक ।।
बनाएर दिन्छ सुन्दर व्यवहार ।
दिन्छ हामीलाई असल संस्कार ।।
जो शिक्षाबाट हुन्छ बञ्चित ।
त्यसको जीवन हुदैन सञ्चित ।।
बन्छ त्यसले मुर्ख गवार ।
पाउदैन कहिल्यै असल संस्कार ।।
