कविता ः हामी असल साथी

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

फुलको बगैचामा भमराको हुल ।
आउ साथी सँगै जाउ स्कुल ।।
सँगै पढी लेख्छु सँगै गाउछु ।
सबै मिलीजुली सँगै बस्छु ।।

सरगुरुआमालाई हामी ढोग्छौं ।
उहाँसंग आशिर्वाद हामी लिन्छौ ।।
कहिल्यै झुठो नवोल्ने लिन्छौं शपत ।
साथीलाई मदत गछौं आएमा विपत ।।

कहिल्यै साथीलाई हामी दिदैनौ धोखा ।
हामी पनि मदत लिन्छौ आएमा मौका ।।
हामी सबै साथीभाई हौ एक्कै ।
राम्रो बनी हामी देखाउछौ पक्कै
देखाउछौ पक्कै ।।