कलाले संस्कृति संरक्षण गर्छन ः साँसद कार्की
1 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, २९ भदौ । संस्कृति जोगाउन कलाको महत्वपूर्ण योगदान हुन्छ । संस्कृतिले देश र समाजको पहिचान स्थापित गर्छन संघीय सांसद र पूर्व वन राज्यमन्त्री दीपक कार्कीले बताउनुभयो ।
आफन्त नेपाल धनुषाद्वारा १५ दिने मिथिला आर्ट तालिमको शुक्रवार प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो । उहाँले जुनसुकै कलालाई देश र समाज सम्मान गर्नुपर्छ । मिथिलाको कला र संस्कृतिको आफ्नै पहिचान छ । मिथिला कलाको चर्चा मिथिलामा मात्र होइन, देशविदेशमा पनि छ, यसले मिथिलाको संस्कृतिलाई स्थापित गर्छन । मिथिला कलालाई व्यवसायीकरण गर्न आफू सरकारसँग माँग गर्ने बताउनुभयो ।
आफन्त नेपालका कार्यकारी निर्देशक जय प्रकाश मण्डलको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका कार्कीले कला र सीपले हाम्रो सँस्कृतिलाई झल्काउने काम समेत गर्ने र यसलाई व्यवसायिक रुप दिन सके हामीलाई आत्मनिर्भर समेत बनाउने कुरा प्रष्ट पार्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेश सरकारका नीति आयोगका पूर्व उपाध्यक्ष भोगेन्द्र झाले कला र संस्कृतिलाई जोगाउने कार्य राज्यको हुन्छ, तर मिथिला कला र संस्कृतिप्रति सरकार उदासिन हुनु दुःखद रहेको बताउनुभयो ।

त्यसैगरी प्रमाणपत्र वितरणका अर्का विशिष्ट अतिथि मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासले मिथिला कलामा निपुन कलाकारहरुलाई भारतमा राष्ट्रपति सम्मान गर्ने गरेको छ । यहाँ पनि कलाकारहरुलाई उत्साह बढाउन कलाकारहरुलाई सम्मान गर्नुपर्ने औल्याउनुभयो । उहाँले मिथिला आर्टको व्यवसाय नेपालमा कम र विदेशमा बढी हुने गरेकोले यसको बजारीकरण नेपालमा पनि हुनेगरी राज्यको योजना हुनुपर्नेमा जोड दिनुभयो ।
लैङ्गिक समानता र समावेशीताको प्रवर्द्धन गर्ने उदेश्यका साथ, आफन्त नेपालले यूएनडीपी नेपालको सहकार्यमा “किशोरी, महिला र अपाङ्गता व्यक्तिहरू सशक्तिकरण“ अन्तर्गत मिथिला कला तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । मिथिला कला र लैङ्गिक समानता कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरू।“ कोही पनि पछि नपरुन सिद्धान्तमा आधारित तालिममा किशोरी, महिला र अपाङ्गता भएका व्यक्तिहरू सहित २६ जना सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
1 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
