कैलास दास, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १९ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई एक समारोहबीच सम्मानित गरेको छ ।
कार्यरत कर्मचारीहरुको संगठनले हालसम्म सो पालिकाबाट अवकाश प्राप्त भएका कर्मचारीहरुलाई फुलमाला, दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गरेको जनाइएको छ । सम्मानित हुनेमा २७ जना अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ ।
लोहारट्टी नगरपालिकाका सातौ तहका कर्मचारी ब्रजेश यादवको अध्यक्षतामा भएको शुभकामना तथा सम्मान कार्यक्रममा उपेन्द्र साह, नविन साह, विजय यादव, फुलगेन यादव, दिगम्बर झा, रामसोगारथ यादव
लगायत २७ जना सम्मानित भएका छन् ।
शुभकामना तथा सम्मान कार्यक्रमा सहभागी वक्ताहरुले अवकाश प्राप्त कर्मचारीहरुबाट धेरै कुराहरु सिख्नुपर्ने भएकोले अगामी दिनमा उहाँहरुसँग सरसल्लाह गरी अगाडि बढ्न सबैमा आग्रह गरेका छन् । अवकाश प्राप्त कर्मचारीहरु धेरै अनुभवी हुनुहुन्छ, राष्ट्र सेवामा उहाँहरुको उदाहरणीय योगदान छ । उहाँहरु हामीहरुको प्रेरणाको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा निरंजन साह, नरेश साह, सुनिल यादव, कमलेश साह लगायतका वक्ताहरुले आफ्ना विचार राखेका छन् ।
