तराईमा शितलहरले जनजीवन कष्टकर
11 महीना पहिले प्रकाशित
बारा । केहि दिनदेखि हुस्सु र कुहिरो लागेका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित हुन थालेका छन् ।
मधेश प्रदेशका प्राय सवै जिल्लामा शितलहर चलेको छ । शीतलहरको कारण चिसो स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्यमा उल्लेख्य कमी आएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन ्। केहि लाई स्वास्थ्य सम्बन्धि समस्या समेत देखिन थालेको छ ।
तराई मधेशमा हुस्सु र कुहिरो लागेसँगै निरन्तर तापक्रम घटिरहेको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ । त्यसैगरी तराईका अन्य जिल्लाका विपत व्यवस्थापन समिति र स्थानीय सरकारले चोक चोकमा दाउरा दिएर आगो ताप्न स्थानीय बासिन्दालाई आग्रह गरीरहेका छन् । केहि स्थानमा न्यायो कपडा समेत वितरण थालिएको छ ।
शितलहरका कारण नेपालको तराई मधेश क्षेत्रमा रहेक बर्ष केहिको मृत्यू हुने गरेको छ । शित लहरले कृषि बालिमा असर पुग्नुका साथै पशु चौपाय समेत प्रभावित हुने गरेका छन् । केहि दिन देखिको शितलहरले हवाई यातायात समेत प्रभावित भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
