बरहथवाका दुुईवटा औषधी पसल बन्द गराइयो
1 वर्ष पहिले प्रकाशित
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २८ गते । सर्लाहीको बरहथवा बजारमा रहेका दुुईवटा औषधी पसल बन्द गरिएको छ । औषधि व्यवस्थापन विभाग शाखा कार्यालय वीरगन्जको टोलीले दर्ता नै नभएका एच डी फार्मेसी र कुशवाहा मेडिकल हल बन्द गराएको हो ।
एच डी फार्मेसीले दर्ता प्रमाण(पत्र देखाउन नसकेको र अवैध औषधी समेत बेचेको पाइएपछि पसल सिल गरिएको औषधि व्यवस्थापन विभाग शाखा कार्यालय वीरगन्जका फार्मेसी अधिकृत अरविन्द बनियाँले जानकारी दिए ।
यस्तै कुशवाहा मेडिकल हलले दर्ता प्रमाण(पत्र देखाउन नसकेको र औषधी पसलमा योग्यता नभएका मानिस बसेर औषधी बेचिरहेको पाइएपछि पसल बन्द गराइएको बनियाँले बताए ।
उनका अनुसार दुवै औषधी पसल सञ्चालकलाई तत्काल वीरगन्ज कार्यालयमा आउन भनिएको छ । अनुुगमन टोलीले बरहथवा बजारका पाँचवटा औषधी पसलको अनुुगमन गरेकोमध्ये अन्य तीनवटा पसललाई सामान्य कमिकमजोरी सुधार गर्न निर्देशन दिइएको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
1 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
