मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र १९ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको चुनाबबाट यसपाली कुनै दल फलको होइन व्यापारीले निर्वाचित हुने अध्यक्ष पदका उम्मेदवार जितेन्द्र प्रसाद साह ले बताउनु भयो ।
निर्वाचनताका अनेक किसिमको अफ्वाह उम्मेदवारहरुको बारेमा उठ्ने गरेको हुन्छ । त्यस्तै भ्रामक समाचार जउबासंघमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको जितेन्द्र प्रसाद साह को बारेमा उठेको थियो । उहाँले सो अफ्वाहलाई चिर्नको लागि सोमबार आफ्ना समर्थकलाई लिएर सचेतना फैलाउने कार्य गर्नुभयो । साथै पत्रकार सम्मेलन गरेर उहाँ बारेमा फैलाएको भ्रमलाई चिर्ने कार्य गरेका छन ।
नयाँ नेतृत्वका लागि हुनलागेको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको हो । त्यस मध्येकै एक जनाका समर्थकबाट भ्रम फैलाइएको थियो कि जितेन्द्र प्रसाद उम्मेदवारी फिर्ता लिएका हुन । सो भ्रम जहाँबाट जस्ले फैलाईएको हो त्यो निन्दनिय कार्यहो भन्दै उहाँले भत्र्सना समेत गर्नु भएको छ ।
अगामी भाद्र २९ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ । गत निर्वाचनमा १७५० मत ल्याएर अध्यक्षमा पराजित भएका जितेन्द्र प्रसाद साह यसपालि जउबासंघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र सुरेन्द्र भण्डारी चुनावी मैदानमा छन् ।
उम्मेदवार जितेन्द्र प्रसाद साहले आफु विरुद्व गलत अफवाह फैलाउने काम भइरहेको बताउँदै थप्नुभयो जितेन्द्र अव चुनावी प्रतिस्पर्धामा नै छैन लगायतका हल्ला फैलाउने कामहरु भइरहेको प्रति आपत्ती जनाउभयो । उहाँल अगाडी भन्नुभयो, ‘ चितेन्द्रको अगाडी अन्य दुईजना उम्मेदवार बौवा नै हो ।’
यसपाली निर्वाचन कुनै पार्टी र नेताको प्रचारबाजीबाट नभई व्यापारीको ईच्छाले जित्ने उहाँले भन्नुभयो । उहाँ आफु चुनाव जित्नु नै व्यापारीको जित हुने दावी समेत गर्नुभयो । उहाँले यसपाली त्यै मतले चुनाव जित्दै छु, जो कुनै पनि नेताको पावर र पैसा काम नलाग्ने तर्क समेत व्यकत गर्नुभयो
उहाँले आफु निर्वाचित भएर आउँदा जनकपुरधाममा मिथिला कोरिडोको लागि पहल गर्ने बताउदै त्यस कोरिडोरबाट पर्यटकको बसाई लम्बाईने थप्नुभयो ।
जउबासंघको चुनाबाट कुनै दल फलको होइन व्यापारीले चुनाव जित्ने छ – जितेन्द्र
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
