जउबासंघको चुनाबाट कुनै दल फलको होइन व्यापारीले चुनाव जित्ने छ – जितेन्द्र
1 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र १९ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको चुनाबबाट यसपाली कुनै दल फलको होइन व्यापारीले निर्वाचित हुने अध्यक्ष पदका उम्मेदवार जितेन्द्र प्रसाद साह ले बताउनु भयो ।
निर्वाचनताका अनेक किसिमको अफ्वाह उम्मेदवारहरुको बारेमा उठ्ने गरेको हुन्छ । त्यस्तै भ्रामक समाचार जउबासंघमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको जितेन्द्र प्रसाद साह को बारेमा उठेको थियो । उहाँले सो अफ्वाहलाई चिर्नको लागि सोमबार आफ्ना समर्थकलाई लिएर सचेतना फैलाउने कार्य गर्नुभयो । साथै पत्रकार सम्मेलन गरेर उहाँ बारेमा फैलाएको भ्रमलाई चिर्ने कार्य गरेका छन ।
नयाँ नेतृत्वका लागि हुनलागेको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको हो । त्यस मध्येकै एक जनाका समर्थकबाट भ्रम फैलाइएको थियो कि जितेन्द्र प्रसाद उम्मेदवारी फिर्ता लिएका हुन । सो भ्रम जहाँबाट जस्ले फैलाईएको हो त्यो निन्दनिय कार्यहो भन्दै उहाँले भत्र्सना समेत गर्नु भएको छ ।
अगामी भाद्र २९ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ । गत निर्वाचनमा १७५० मत ल्याएर अध्यक्षमा पराजित भएका जितेन्द्र प्रसाद साह यसपालि जउबासंघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र सुरेन्द्र भण्डारी चुनावी मैदानमा छन् ।
उम्मेदवार जितेन्द्र प्रसाद साहले आफु विरुद्व गलत अफवाह फैलाउने काम भइरहेको बताउँदै थप्नुभयो जितेन्द्र अव चुनावी प्रतिस्पर्धामा नै छैन लगायतका हल्ला फैलाउने कामहरु भइरहेको प्रति आपत्ती जनाउभयो । उहाँल अगाडी भन्नुभयो, ‘ चितेन्द्रको अगाडी अन्य दुईजना उम्मेदवार बौवा नै हो ।’
यसपाली निर्वाचन कुनै पार्टी र नेताको प्रचारबाजीबाट नभई व्यापारीको ईच्छाले जित्ने उहाँले भन्नुभयो । उहाँ आफु चुनाव जित्नु नै व्यापारीको जित हुने दावी समेत गर्नुभयो । उहाँले यसपाली त्यै मतले चुनाव जित्दै छु, जो कुनै पनि नेताको पावर र पैसा काम नलाग्ने तर्क समेत व्यकत गर्नुभयो
उहाँले आफु निर्वाचित भएर आउँदा जनकपुरधाममा मिथिला कोरिडोको लागि पहल गर्ने बताउदै त्यस कोरिडोरबाट पर्यटकको बसाई लम्बाईने थप्नुभयो ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
1 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
