+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्व फेरी महावीर चौकमा सर्ने

11 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, भाद्र १५ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्व फेरी जनकपुरधामको महावीर चौकमा सर्ने भएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघको स्थापनाकालदेखि हालसम्म महावीर चौकले छैठो पल्ट नेतृत्व सम्हाली सकेको छ । केहि दिनपछि पुनः सातौं पल्टको नेतृत्व महावीर चौकले नै सम्हाल्ने छ ।
भाद्र २९ गते हुन लागेको जउबाको निर्वाचनमा अध्यक्ष पदकालागि तीन जना उम्मेदवार महावीर चौकका हुन । उनिहरु क्रमशः जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिष रमण साह रहेका छन ।
जउबा संघको संस्थापक अध्यक्ष रामवृक्ष चौधरी महावीर चौक कै व्यावसायी रहनु भएको थियो । त्यसपछि महावीर चौकका तत्कालिन युवा व्यावसायीहरुमा बजरंग प्रसाद साह, रामरत्न साह, रामसुन्दर साह, रमेश कुमार साह,रामनरेश साह, र निर्मल कुमार चौधरी ले कुशलता पूर्वक नेतृत्व सम्हाल्नु भएको थिए ।
जउबासंघको पूर्व अध्यक्षहरुमा गौरिनारायण डिट्टा, जगतलाल गिरी र ई. प्रकाश चन्द्र प्रसाद साह हुनुभयो । उनि तिनै जना मिल्सएरिया का हुन ।
त्यसपछि श्याम प्रसाद साह (दुई पल्ट),शिवशंकर प्रसाद साह हिरा र ललित साह अध्यक्ष हुनुभयो । उनिहरु जानकी चौक का हुन ।
जउबासंघको वर्तमान अध्यक्ष जितेन्द्र प्रसाद महासेठ भानुचौक बाट रहेका छन ।
जउबासंघको निर्वाचन तिथी अगामी भाद्र २९ गते निर्धारण भएको छ । निर्वाचन प्रमुख ललित साह ले निर्वाचन तालिका प्रकाशन गर्नु भएको छ । चुनाव तिथी प्रकाशन लगतै व्यावसायीहरु निर्वाचनका लागि उम्मेदावरी घोषणा गरेका हुन ।
जउबासंघको अध्यक्ष पदका उम्मेदावरी घोषणा गर्नुभएको तीनै जना महावीर चौकका रहेका छन । तस्र्थ तिनै जना मध्ये जोकोहि जित्दा नेतृत्व सातौं पल्ट महावीर चौक मै सर्ने भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुहुनेहरुमा मनिष रमण साह, जितेन्द्र प्रसाद साह र सुरेन्द्र भण्डारी रहेका छन ।
अध्यक्ष पदका तीनै उम्मेदवार पूर्व र वर्तमान कार्यकारणी समितिका प्रमुख व्यक्तित्वहरु हुन । जउवा संघका वरिष्ठ उपाध्यक्ष रहनु भएका मणिष रमण साह, पूर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह र पूर्व सचिव सुरेन्द्र भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
त्यस्तै बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष,सदस्य लगायतका पदहरुमा उम्मेदवारी दिने घोषणा गर्दै व्यापारी माझमा पुगेर उनिहरु बोट मांगी रहेका छन ।
चार हजार ७६ मतदात ा रहेको उद्योग बाणिज्य संघको उम्मेदबार बनेर व्यावसायीलाई सेवा गर्नका लागि उम्मेदवारी दिनेहरुमा कतिपय वर्तमान कार्यसमितिबाट छन । उपाध्यक्ष अम्बु प्रसाद साह, फुल्देव पण्डित लगायतका छन । उम्मेदवारी दिनेहरुमा गत निर्वाचनबाट पराजितहुनेहरु लक्ष्मण साह, विकाश कुमार चौधरी,अशोक चौधरी लगायतका छन । त्यस निर्वाचनमा उम्मेदवारी घोषणा गर्नेहरुमा मनोज कुमार शर्मा लगायतका नयाँ अनुहार समेत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

खानेपानीमा लगाएको कर छुटको माग

रामेछाप । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले आर्जन गर्ने मुनाफामा कर..

7 घन्टा पहिले

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ आंै स्थापना दिवसका अवसरमा सोमबार जिल्ला सदरमुकाम मन्..

7 घन्टा पहिले

कजवे बगाउदा यातायात अवरुद्ध

रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार वि..

1 दिन पहिले

दुर्गम समुदायमा अदालती कुरा

रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला ..

1 दिन पहिले

रामेछाप नगरपालिकाको विकास निर्माणमा लक्ष्य भन्दा कम खर..

रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रक..

3 दिन पहिले