कमल साह
जनकपुरधाम, भाद्र १५ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्व फेरी जनकपुरधामको महावीर चौकमा सर्ने भएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघको स्थापनाकालदेखि हालसम्म महावीर चौकले छैठो पल्ट नेतृत्व सम्हाली सकेको छ । केहि दिनपछि पुनः सातौं पल्टको नेतृत्व महावीर चौकले नै सम्हाल्ने छ ।
भाद्र २९ गते हुन लागेको जउबाको निर्वाचनमा अध्यक्ष पदकालागि तीन जना उम्मेदवार महावीर चौकका हुन । उनिहरु क्रमशः जितेन्द्र प्रसाद साह, सुरेन्द्र भण्डारी र मनिष रमण साह रहेका छन ।
जउबा संघको संस्थापक अध्यक्ष रामवृक्ष चौधरी महावीर चौक कै व्यावसायी रहनु भएको थियो । त्यसपछि महावीर चौकका तत्कालिन युवा व्यावसायीहरुमा बजरंग प्रसाद साह, रामरत्न साह, रामसुन्दर साह, रमेश कुमार साह,रामनरेश साह, र निर्मल कुमार चौधरी ले कुशलता पूर्वक नेतृत्व सम्हाल्नु भएको थिए ।
जउबासंघको पूर्व अध्यक्षहरुमा गौरिनारायण डिट्टा, जगतलाल गिरी र ई. प्रकाश चन्द्र प्रसाद साह हुनुभयो । उनि तिनै जना मिल्सएरिया का हुन ।
त्यसपछि श्याम प्रसाद साह (दुई पल्ट),शिवशंकर प्रसाद साह हिरा र ललित साह अध्यक्ष हुनुभयो । उनिहरु जानकी चौक का हुन ।
जउबासंघको वर्तमान अध्यक्ष जितेन्द्र प्रसाद महासेठ भानुचौक बाट रहेका छन ।
जउबासंघको निर्वाचन तिथी अगामी भाद्र २९ गते निर्धारण भएको छ । निर्वाचन प्रमुख ललित साह ले निर्वाचन तालिका प्रकाशन गर्नु भएको छ । चुनाव तिथी प्रकाशन लगतै व्यावसायीहरु निर्वाचनका लागि उम्मेदावरी घोषणा गरेका हुन ।
जउबासंघको अध्यक्ष पदका उम्मेदावरी घोषणा गर्नुभएको तीनै जना महावीर चौकका रहेका छन । तस्र्थ तिनै जना मध्ये जोकोहि जित्दा नेतृत्व सातौं पल्ट महावीर चौक मै सर्ने भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुहुनेहरुमा मनिष रमण साह, जितेन्द्र प्रसाद साह र सुरेन्द्र भण्डारी रहेका छन ।
अध्यक्ष पदका तीनै उम्मेदवार पूर्व र वर्तमान कार्यकारणी समितिका प्रमुख व्यक्तित्वहरु हुन । जउवा संघका वरिष्ठ उपाध्यक्ष रहनु भएका मणिष रमण साह, पूर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह र पूर्व सचिव सुरेन्द्र भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
त्यस्तै बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष,सदस्य लगायतका पदहरुमा उम्मेदवारी दिने घोषणा गर्दै व्यापारी माझमा पुगेर उनिहरु बोट मांगी रहेका छन ।
चार हजार ७६ मतदात ा रहेको उद्योग बाणिज्य संघको उम्मेदबार बनेर व्यावसायीलाई सेवा गर्नका लागि उम्मेदवारी दिनेहरुमा कतिपय वर्तमान कार्यसमितिबाट छन । उपाध्यक्ष अम्बु प्रसाद साह, फुल्देव पण्डित लगायतका छन । उम्मेदवारी दिनेहरुमा गत निर्वाचनबाट पराजितहुनेहरु लक्ष्मण साह, विकाश कुमार चौधरी,अशोक चौधरी लगायतका छन । त्यस निर्वाचनमा उम्मेदवारी घोषणा गर्नेहरुमा मनोज कुमार शर्मा लगायतका नयाँ अनुहार समेत छन ।
जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्व फेरी महावीर चौकमा सर्ने
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
