कमल साह
जनकपुरधाम,भाद्र १ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँ स्थित दुधमती नदीको तटमा अवस्थित श्री गणिनाथ महाराजको अवतरण दिवस र श्री गोविन्द भगवानको प्रकाट्य दिवस भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।
श्री कृष्ण जन्माष्टमी पछिको पहिलो शनिवारका दिन शिव शंकर भोले कैलाशवासी महादेव जी को दुत श्री गणिनाथ महाराज अवतरण हुनुभएको थियो ।
त्यस्तै दिव्य महापुरुष एवं महर्षि श्री गणिनाथ जी महाराजको पुत्ररत्न रुपमा श्री कृष्ण भगवानको अर्को रुप श्री गोविन्द भगवान सोही दिन प्रकाट्य हुनुभएको ईतिहास वेत्ताहरु बताउने गरेका हुन ।
सो अवसरमा श्री गोविन्द सेवा समिति बेला ले अन्य वर्ष झैं यसवर्ष पनि पुजनोत्सव मनाउने तयारी गरिरहेको जनाएको छ ।
गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह का अनुसर भाद्र १४ गते अष्ठयाम,१५ गते बिहान कलश यात्रा र त्यसपछि पुजनोत्सव कार्यक्रम हुनेछ ।
पुजनोत्सवलाई सफता पुर्वक सम्पन्न गराउनको लागि गोविन्द पूजा मुल समारोह समिति गठन गरिएको छ । त्यस अन्तर्गत प्रचार प्रसार समिति, कलश यात्रा समिति,भोजन व्यवस्थापन लगायतका समितिहरु गठन गरिएको जनाएको छ ।
कलश यात्रा बेलादेखि जनकपुरधाम स्थितको ऐतिहासिक सरोवर गंगासागरबाट जल ल्याउने कार्यक्रम रहेको छ । गोविन्द मन्दिरबाट निस्कने कल यात्रा बेला गाउँको परिक्रमा गर्दै रामजानकी दुल्हा बस पार्क, जिरोमाईल,बष्ठि चौक,बजरंग चौक,रामनन्द चौक, रंगभुमि हुँदै जानकी चौक,जनक चौक,शिव चौक हुँदै गंगासागरबाट जल भर्ने जनाएको छ ।
त्यसपछि जनकपुरधाम स्थितको गोविन्द मन्दिर हुँदै रामचौक,महावीर चौक,तप्सी चौक, जिरोमाईल भएर पुनः गोविन्द मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
गोविन्द पूजनोत्सवको भव्य तयारी
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
4 घन्टा पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
5 घन्टा पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
1 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
1 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
