कमल साह
जनकपुर धाम,साउन ३२ गते । जनकपुरधाम स्थित को दुई नगर डिहवारमा आज अखारी पूजा सम्पन्न भयो ।
जनकपुर धाम को अन्तर गृह परिक्रमा भित्रका भूभागलाई दुई ठाउँमा बिभाजन गरिएको छ । दुईवटा प्रमुख मन्दिर मधेको एक श्री राम दरबार र अर्को श्री जानकी दरबार हो । दुबै मन्दिर क्षेत्रमा एकएकवटा नगर डिहबार रहेकोे छ ।
एकलाई श्री जानकी पट्टी को नगर डिहवार मन्दिर र अर्कोलाई रामपट्टी को नगर डिहबार भनिन्छ ।
यहाँ अखारी पूजा साउन महिनाको अन्तिम सातामा सदियौ देखि हुदै आईरहेको छ (ग्राम देवता) ब्रह्म बाबा को । दुईटै डिहवारमा श्रद्धा पूर्वक पूजा पाठ गरि मनाईयो ।
पुजा पाठ को बिधिबिधान राम पट्टी को भन्दा जानकी पट्टी को भव्य रुपमा विधि बिधान तथा परम्पराद्वारा हुने गर्दछ। यहां आफ्नो सिमानामा धुर बाध्न हरियरी तथा आहुति बही हांकने चलन पनि रहेको छ ।
