कमल साह
जनकपुरधाम,साउन ३२ गते । जनकपुरधाम उपमहानगर पालिकाको वार्ड नं.२३ बेला गांउ स्थितको श्री गणिनाथ गोविन्द मन्दिर क्षेत्र विस्तारै टुरिष्ट क्षेत्र तर्फ अगाडी बढदैछ ।
समाजमा रहेको विभिन्न विकृति विसंगतीलाई चिर्न झण्डै १ हजार २ सय ५० वर्ष पूर्व श्री गणिनाथ महाराज श्री गोविन्द भगवान गंगा क्षेत्रमा अवतार लिनुभयो । हाल महनार जिल्ला अन्तर्गत रहेको धर्मपुर मा अवतरण हुनुभएको थियो ।
श्री कृष्णको अर्को स्वरुप मान्दै आएको श्री गोविन्द भगवान वैश्य मधेशिया कानु लागायतका जात जातिमा कूल देवताको रुपमा स्थापित छन । बेला गाउँवासीहरुले अन्य ग्रामका स्वजातिय बन्धुको सहयोगमा श्री गणिनाथ गोविन्द मन्दिर निर्माण भएको थियो । उत्तर विहारमा मुजफफरपुर पछि नेपालमा पहिलो कूल देवताको मन्दिर निर्माण भएको मान्यता हो । तस्र्थ बेलामा स्थापित श्री गणिनाथ गोविन्द मन्दिरलाई नेपालको पलवैया भनेर सम्बोधन समेत हुने गर्दछ ।
श्री गणिनाथ महाराज श्री गोविन्द मन्दिरको छेउमा बेला गाउँ कै युवा डा. शम्भु साह द्वारा विहिवार रिसोर्ट निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरियो । नेपालको पलवैया धाम नामबाट प्रचारित श्री गणिनाथ गोविन्द मन्दिर छेउमा बस स्टैण्ड रहेको छ । त्यस ठाउँमा सिताशरण होटल संचालन भईरहेको छ । सोही ठाउँमा मधेश प्रदेशमै सर्वोत्कृष्ट अस्पताल निर्माण भईरहेको छ । बाबाको क्षेत्रमा डा. शम्भु साह ले रिसोर्र्टको लागि भूमि पूजन हुनु ले विस्तारै यो क्षेत्र टुरिष्ट क्षेत्र तर्फ अग्रसर हुन गईरहेको स्पष्ट हुन्छ ।
डा. साह ले जानकारी गराउनु भए अनुसार आफ्नो पुर्खौली १२ कठ्ठा क्षेत्रफल भएको जमिनलाई रिसोर्टको लागि उपयुक्त सम्झेर शिलान्यास गरिए छ ।
उहाँले तत्काल पार्टी पैलेश निर्माण गर्ने बताउँदै त्यसलाई बिस्तारै पूर्वाधारहरु थप्दै रिसोर्टमा परिणत गर्ने बताउनु भयो । उहाँका अनुसार रिसोर्टमा पार्टी पैलेश, बैंकुट,रेष्टुरेन्ट, सेमिनार हल, स्वीमिंग पुल र पर्याप्त गार्डेण राख्ने हाम्रो भावि लक्ष्य रहेको बताउनु भयो ।
जनकपुरधामको गाणिनाथ गोविन्द मन्दिर बेला क्षेत्र टुरिष्ट क्षेत्र बन्दै
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
5 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
