कमल साह
जनकपुरधाम,श्रावण २७ गते । गुठी संस्थान द्वारा संचालित जनकपुरधामका श्री राम मन्दिर परिसरलाई संरक्षण तथा सौन्दर्यकरण गर्नको लागी गौसंरक्षण मंच केन्द्रिय कार्यालयले ज्ञापन पत्र बुझाएको छ ।
गौ संरक्षण मंच नेपालका अध्यक्ष जगदिश महासेठ द्वारा गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम लाई बुझाएको ज्ञापन पत्रको बोधार्थ एवं कार्यार्थ पत्र मधेश प्रदेशका मुख्यमंत्री सतिशकुमार सिंह संग भेटेर दिनु भएको छ ।
मुख्यमंत्री सिंहले मठ मन्दिरको सुरक्षा तथा सम्बर्धन गर्ने अभिभार बोकेको गुठी संस्थान लाई छुुन अधिकार नरेको बताए थियो । तर, रामायण भवन र मन्दिर अगाडी को पार्कको सौन्दर्य करणको लगि पहल गर्ने अस्वाशसन मुख्यमंत्री सिंहले दिनु भएको महासेठ ले बताउनु भयो ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम का कार्यलय प्रमुख आनन्द प्रसाद कर्माचार्य लाई तीन बुन्दे ज्ञापन पत्र बुझाएको उहाँले बताउनु भयो ।
सो अवसरमा गौ संरक्षण मंच नेपालका अध्यक्ष जगदिश महासेठ लगायतका उपस्थितिमा बुझाएको छ । ज्ञापनपत्रमा मर्यादा पुरुषोत्म श्रीराम भगवानको मन्दिर “राम मन्दिर” तथा राम मन्दिरको अगाडीमा रहेको कम्पाउण्ड समेतका बगैंचा फुलबारी र श्रीराम मन्दिर अगाडी रहेको धनुषा सागरको पश्चिम डिलमा रहेको “श्रीरामायण भवन” को संरक्षण, सम्बद्धन र सौन्दर्यकरणका मांग गरिएको छ ।
देव स्थल जनकपुरधामको श्री राम मन्दिर श्री जानकी मन्दिर सिंगो नेपालको प्रतिनिधित्व गरि रहेको छ । त्यस ऐतिहासिक स्थलको संरक्षण र सम्बद्र्धन गर्ने सम्पूर्ण दाईत्व गुठी संस्थान एवं नेपाल सरकारको भएकोले सो ज्ञापन पत्रको बोधार्थ प्रधान मंत्री कार्यालय, संघीय संसदिय सचिवालय, प्रदेश संसद सचिवाल लगायतका दर्जनौ ठाउँमा बुझाईएको छ ।
स्थानिय युवा मनिश रमण साह भन्छन,‘ गुठी संस्थानले राम मन्दिरको अधिनमा रहेको जमिनको मनखप असुल गर्ने तथा बहुमुल्य जग्गाहरु बिक्री गरेर कोषमा लग्ने गरेको हो । तर, राममन्दिर अधिनमा रहेका मठ मन्दिर पाटी पौआमा कुनै प्रकारको लगानी नगरिरहेको ले गुठीको बिरुद्धमा अब आन्दोलन चलानउनु पर्नेछ ।’
उहाँले त्यसको प्रमुख उदाहरण राम मन्दिर अधिनमा रहेको जनक मन्दिर,रामायण भवन लगायत रहेको बताउनु भयो ।
रामायण भवन निर्माणको लागि ज्ञापन
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
