कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन १० गते । कोविडको खोप अग्रपङ्तिमा रहेकाहरुलाई लगाउने कार्य फागुन ८ गतेसम्म जारी रहने छ । यसपछि चाँडै जेष्ट नागरिकलाई खोप लगाउने कार्यक्रम भईरहेको छ ।
कोविड खोप लागाउने दोश्रो चरणको कार्यक्रम फागुन २ गतेबाट भएको छ । यो खोप कार्यक्रम फागुन ८ अर्थात भोली शनिवारसम्म चल्नेछ । खोप कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय धनुषा,जनकपुरधाम उप महानगरपालिका लगायतका केन्द्रहरुबाट भईरहेको छ ।
दोश्रो चरणको खोप कार्यक्रममा छुटेका स्वास्थ्यकर्मी, निजामति कर्मचारी,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी, जनपथ प्रहरी, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी, बैंक वितिय समुहका कर्मचारी, न्याय सेवा, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीलाई खोप लगाउँदै छन ।
भारत सरकारबाट अनुदानमा प्राप्त कोभिड खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सफाईका कर्मचारीलाई खोप लगाएको थियो । अग्रपंक्तिमा भएकाहरुलाई सरकारले माघ १४ देखि लगाउने कार्यक्रम आरम्भ भएको थियो ।
अब तेश्रो चरणमा जेष्ट नागरिकलाई खोप लगाईने कार्यक्रम छ । फागुन २३ वा त्यो भन्दा अगाडिबाटै ६० वर्षभन्दा माथि उमेर भएका मानिसहरूलाई खोप दिने कार्यक्रम रहेको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भन्नुभयो, ‘खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै हामी ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउँदैछौँ ।’
मन्त्री त्रिपाठीका अनुसार ६० वर्षभन्दा माथिका करिब २८ देखि २९ लाख जनसङ्ख्या रहेको छ । र ५५ वर्ष भन्दा माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको छ ।
भारतबाट अनुदानमा प्राप्त कोभिशील्डको दश लाख मात्राको सुरुवाती चरणमा अग्रपङ्तिमा खटिनेहरूलाई सरकारले खोप उपलब्ध गराइरहेको छ ।
मंत्री त्रिपाठीले अहिलेसम्म हामीले अस्पतालमा बोलाएर खोप दिइरहेका थियौँ । तर, अबको चरणमा खोप केन्द्रहरूमार्फत् खोप दिलाइने भन्नुभयो ।
अग्रपंक्तिमा खिटिनेहरु पछि जेष्ट नागरिकलाई खोप
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
