कमल साह
जनकपुरधाम, साउन १९ गते ।श्री राम लस्सी एण्ड स्वीट्सको तेश्रो शाखा श्री राम स्वीटस एण्ड डेरी उद्योग शुक्रबारदेखि संचालनमा आएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामका ग्राहकलाई स्वच्छ तथा गुणस्तरीय मिठाईका परिकारहरु पस्कने उद्देश्यले शाखा विस्तार गर्दै मिल्स एरिया स्थित रेल्वे लाईनको उत्तरमा एक पसलको उदघाटन गरिएको छ ।
यस अघि जनकपुरधामको मिल्सएरियाको शुभ चौकमा र पिराडी चौक स्थित श्रीराम लस्सी एण्ड स्वीट्स पसल संचालनमा रहेको थियो। तेस्रो शाखाको शुक्रबार उदघाटन गरिएको हो । डेरी उद्योग समेत रहेको सो मिठाई पसलको उदघाटन जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले गर्नुभयो।
श्रीराम लस्सी एण्ड स्वीट्स पसमा दूधका परिकारहरुको साथै मिठाईका ५६ परिकार सेवाग्राही बीचमा पस्किने संचालक छोटेलाल गुप्ताले जानकारी गराउनु भयो । उहाँले जनकपुरधामका मिठाई पसलहरूमा मूल्य एकरुपता नरहेको समयमा गुणस्तरीयताको ध्यानमा राख्दै ग्राहकलाई असर नपर्ने गरी उचित मूल्यमा मिठाईका विभिन्न परिकारहरु उपलब्ध गराउने प्रति संधै सचेत रहने बताउनुभयो ।
मिठाई र डेरीको दौरमा श्री राम लस्सी एण्ड स्वीट्सको तेश्रो शाखा संचालनमा
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
