कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन ८ गते । धनुषा जिल्लाका प्रमुख राजनीतिक दलले निर्वाचन अचारसंहितालाई वहिष्कार गरेको छ ।
प्र.मं.केपी शर्मा ओली ले गत पुस ५ गते प्रतिनिधी सभा विघटन संगै अगामी वैशाखमा दुईचरणमा निर्वाचन गराउने गर्नुभयो । वैशाख १७ र २७ गते दुई चरणामा निर्वाचन गराउने तिथी घोषणा भएकोदेखि निर्वाचन आयोगले आफ्नो कार्यक्रम अगाडी बढाउदै आएको छ । यसैक्रममा फागुन ६ गते धनुषासमेत नेपालभरीका जिल्लाहरुमा ‘निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया गरेको छ ।
जिल्ला प्रशासन कार्यालय हातामै रहेको अधिकृत संगम सभाकक्षमा आयोजित कार्यप्रमुख अन्तरक्रियामा यहाँका प्रमुख राजनीतिक दल बाट प्रतिनिधित्व भएको थिएन ।
धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु बस्नेतको अध्यक्षतामा अचारसंहिता कार्यान्वयन अन्तरक्रियामा यहाँका प्रमुख राजनीतिक दल जनता समाज वादी पार्टी(जसपा), नेपाली कांगे्रस र नेकपा बाट प्रतिनिधित्व भएको थिएन ।
सो अन्तरक्रियामा डा.सिके राउतको जनमत पार्टी, नेकपा माले र राप्रपा को प्रतिनिधी उस्थित भएका छन ।
नेकपा का अध्यक्ष एवं प्र.मं. ओली र नेकपा अर्का अध्यक्ष प्रचण्ड बीच सत्ता लिप्साको जुहारीमा प्रतिनिधी सभा विघटन गरिएको छ । प्र.मं. ओली ले कुबेलमा घोषणा गर्नुभएको निर्वाचनको सबै क्षेत्रबाट विरोध भईरहेको छ ।
यस्तै विरोध धनुषाका प्रमुख राजनीतिक दलहरुले गर्दै आएको ले अचारसंहिता अन्तरक्रिया कार्यक्रममा सहभागि भएन ।
नेकपा का केन्द्रिय सदस्य एवं प्रवास सचिव श्रीप्रसाद साह ले अचारसंहिता अन्तरक्रियालाई निर्वाचन आयोग नौटंकी बनाएको संज्ञा दिनुहुन्छ ।
उहाँले निर्वाचन आयोगले निश्पक्षरुपमा सर्वप्रथम नेकपाको अधिकारिकता विवादलाई सुल्झाउनु पर्नेथियो बताउँदै उहाँले सो नगरेर निर्वाचन कार्यक्रम अगाडी बढाएर नौटंकी चलाउँदै आएको आरोप लागाउनु भयो ।
उहाँले प्र.मं. ओली द्वारा निर्वाचन आयोग निर्देशित भएको कारण नेकपाको तर्फबाट प्रतिनिधी पठाउने काम नभएको थप्नुभयो ।
त्यस्तै जनता समाजबादी पार्टी(जसपा)का केन्द्रिय सदस्य विभा ठाकुर भन्नुहुन्छ,‘ निर्वाचन सम्बन्धि मुद्दा सर्बोच्च अदालतमा चलिरहेको बेला निर्वाचन प्रक्रिया चलाउनु सरासर गलत रहेको ले हाम्रो पार्टी ले प्रतिनिधी नपठाएको हो ।
उसैगरी नेपाली कांग्रेस पार्टीका सभापति महेश शंकर गिरी भन्नुहुन्छ,‘ हाम्रो प्रतिनिधी कार्यक्रममा सहभागि भएको थियो । तर, निर्वाचन कार्यालय निश्पक्ष नरहेको भन्नुभयो ।
उहा निर्वाचन मिति घोषणा भएपछि प्र.मं. ओली ले रिक्तपदहरुमा पदास्थापन गर्दै आएको प्रति निर्वाचन कार्यलयले रोक नलगाएको आरोप लगाउनु हुन्छ ।
निर्वाचन कार्यालय धनुषा प्रमुख उषा झा द्वारा निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धिका बुँदाहरु सविस्तार रुपमा बताउनु भएको थियो ।
प्रमुख राजनीतिक दलद्वारा निर्वाचन अचार संहिता वहिष्कारकमल साह
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
