नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दी जारी
1 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,जेठ १९ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
महासंघको निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात मनोमानी ढंगले नाम थप्दै र क्रियाशील पत्रकारहरुको नाम काटेर निर्वाचन समितिलाई बुझाएको भन्दै नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस मंच नेपाल धनुषाले संयुक्तरुपमा महासंघको शाखा कार्यालयमा तालाबन्दी गरेको हो ।
सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएको नामावली रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको आरोप लगाउँदै तालाबन्दी गरिएको नेपाल प्रेस युनियन धनुषाका सचिव हरिवंश यादवले बताउनु भयो ।
समाजवादी प्रेस संगठन नेपालका मधेश प्रदेश अध्यक्ष प्रविण साहले आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारी र सेन्टरका सदस्यको नाम हाल्ने काममा प्रेस सेन्टर सम्बद्ध महासंघका महासचिव रोशन पुरीको साँठगाँठ रहेको आरोप लगाउँदै छन ।
पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिता बाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको उहाँ आरोप लगाउनु हुन्छ ।
महासंघको केन्द्रिय अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले मात्र जारी गरेको सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म विरोध जारी रहने समाजवादी प्रेस संगठन नेपालका धनुषा अध्यक्ष अकुल प्रसाद साहले बताए ।
महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी छापामार शैलीमा सदस्यता टुंगो लगाइएको बताउँदै प्रेस मंच नेपाल धनुषाका अध्यक्ष अर्जुन मण्डलले यसलाई न्यायोचित ढंगले नसच्याए निर्वाचनका कार्यक्रम अघि बढ्न नदिने चेतावनीसमेत दिएका छन् ।
अध्यक्ष मण्डलले भने, “सदस्यताबाट स्वक्षिक रुपमा राजिनामा दिसकेका तथा सदस्यताका लागि जिल्ला र प्रदेश समितिमा आवेदन समेत नदिएका व्यक्तिहरुको नाम समेत महासंघका केन्द्रिय अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको सदस्यता नामावलीमा उल्लेख गरिएको छ।” उनले यस्ता गैरवैधानिक तरिकाले नविकरण गर्नु र नयाँ सदस्यता प्रदान गर्नु आपतिजनक रहेको बताउँदैले उनले शुद्धिकरणको नाममा निजिकरण नगर्न र महासंघको इतिहासलाई कलंकित हुन नदिन सचेत गराए ।
अहिले केन्द्रिय अध्यक्ष र महासचिवले आफ्नो मनोमानी ढंगले जारी गरेको सस्दयता विवरण खारेज गरी वास्तविक र वर्षौ देखि क्रियाशील रहेका पत्रकारले रितपूर्वक दिएका निवेदन मध्यबाट सदस्यताको नविकरण र नयाँ सदस्यता प्रदान नगरिए सम्म महासंघको कार्यालयमा लगाइएको तालाबन्दी नखोलिने चेतावनी दिइएको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
1 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
