कमल साह
जनकपुरधाम,जेठ १९ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
महासंघको निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात मनोमानी ढंगले नाम थप्दै र क्रियाशील पत्रकारहरुको नाम काटेर निर्वाचन समितिलाई बुझाएको भन्दै नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस मंच नेपाल धनुषाले संयुक्तरुपमा महासंघको शाखा कार्यालयमा तालाबन्दी गरेको हो ।
सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएको नामावली रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको आरोप लगाउँदै तालाबन्दी गरिएको नेपाल प्रेस युनियन धनुषाका सचिव हरिवंश यादवले बताउनु भयो ।
समाजवादी प्रेस संगठन नेपालका मधेश प्रदेश अध्यक्ष प्रविण साहले आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारी र सेन्टरका सदस्यको नाम हाल्ने काममा प्रेस सेन्टर सम्बद्ध महासंघका महासचिव रोशन पुरीको साँठगाँठ रहेको आरोप लगाउँदै छन ।
पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिता बाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको उहाँ आरोप लगाउनु हुन्छ ।
महासंघको केन्द्रिय अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले मात्र जारी गरेको सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म विरोध जारी रहने समाजवादी प्रेस संगठन नेपालका धनुषा अध्यक्ष अकुल प्रसाद साहले बताए ।
महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी छापामार शैलीमा सदस्यता टुंगो लगाइएको बताउँदै प्रेस मंच नेपाल धनुषाका अध्यक्ष अर्जुन मण्डलले यसलाई न्यायोचित ढंगले नसच्याए निर्वाचनका कार्यक्रम अघि बढ्न नदिने चेतावनीसमेत दिएका छन् ।
अध्यक्ष मण्डलले भने, “सदस्यताबाट स्वक्षिक रुपमा राजिनामा दिसकेका तथा सदस्यताका लागि जिल्ला र प्रदेश समितिमा आवेदन समेत नदिएका व्यक्तिहरुको नाम समेत महासंघका केन्द्रिय अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको सदस्यता नामावलीमा उल्लेख गरिएको छ।” उनले यस्ता गैरवैधानिक तरिकाले नविकरण गर्नु र नयाँ सदस्यता प्रदान गर्नु आपतिजनक रहेको बताउँदैले उनले शुद्धिकरणको नाममा निजिकरण नगर्न र महासंघको इतिहासलाई कलंकित हुन नदिन सचेत गराए ।
अहिले केन्द्रिय अध्यक्ष र महासचिवले आफ्नो मनोमानी ढंगले जारी गरेको सस्दयता विवरण खारेज गरी वास्तविक र वर्षौ देखि क्रियाशील रहेका पत्रकारले रितपूर्वक दिएका निवेदन मध्यबाट सदस्यताको नविकरण र नयाँ सदस्यता प्रदान नगरिए सम्म महासंघको कार्यालयमा लगाइएको तालाबन्दी नखोलिने चेतावनी दिइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दी जारी
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
