प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, फागुन ८ गते । कपिलबस्तुको यशोद्धरा गाँउपालिका ८ सिहोखोर स्थित समय माई मन्दिरको नव निर्मित प्रबेशद्धारको समुद्घाटन गरिएको छ । यशोद्धरा गाँउपालिका ७ सोमडिहका पुर्व शिक्षक तथा समाजसेवी अम्ब्रीश पाठकको ५ लाखको व्यक्तिगत लगानीमा निर्माण गरिएको सो गेटको पुर्व कानुन मन्त्री तथा कपिलबस्तु क्षेत्र नं. २ का संघीय सांसद बृजेश कुमार गुप्गाले रिबन काटेरे समुद्घाटन गर्नु भएको हो ।
करिब सय बर्ष पहिले यस क्षेत्रमा प्राय खडेरी हुने भएकाले डिंगरहिया नदी बाध रोक्न जति प्रयास गरेपनि नदीको पानी नरोकिएकाले स्थानियहरु बाध रोक्न निराजल ब्रत बसेका थिए । त्यस बेला पाठक परिवार की अभिभावक बुढिया माई (हजुर आमा)ले स्थानियहरुलाई खाना खुवाएर आफु त्यो बाधमा समाएकी थिइन अनि मात्र बाध रोकिएको स्थानियको भनाई छ । आफ्नो ज्यानको आहुती दिएर यस क्षेत्रलाई बिपदबाट जोगाएकी बुढिया माईले मन्दिर स्थापना गर्न भनेर नै यस क्षेत्रमा समय माई मन्दिरको स्थापना गरिएको पाठक परिवारका राकेश पाठकले जानकारी गराउनु भएको छ ।
इतिहास बोकेको एक सय बर्ष पुरानो यो मन्दिरमा सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने, भाकल पुरा हुने धार्मिक विश्वास रहेको छ । धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेकोले यस स्थानमा आउने पर्यटक लाई सजिलो होस भन्ने पुर्व शिक्षक तथा समाजसेवी अम्ब्रीश पाठकले सो प्रबेशद्धार निर्माण गर्नु भएको हो । पछिल्लो समय यशोद्धरा गाँउपालिकामा ग्रामिण सडक निर्माण भएपछि सवारी साधनमा मन्दिर सम्म पुग्न सकिन्छ ।
इतिहास बोकेको सय बर्ष पुरानो मन्दिरमा प्रबेशद्धारको समुद्घाटन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
