श्याम बाबा लगायतका मूर्ति निर्माण गर्न देवशिला अब राजस्थान पठाईने
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,जेष्ठ ७ गते । श्री श्याम बाबालगायतका भगवानको मूर्ति बनाउन बागलुंगबाट ल्याईएको देवशिलालाई अब राजस्थान पठाईने प्रक्रिया मिलाईदै छ ।
मूर्ति निर्माण गर्ने शिल्पीकारले जनकपुरधाम जाँदा समय बढी लाग्ने र पारिश्रमिक कम हुने भन्दै उनि आउन नमानेको ले देवशिलालाई नै पठाउन लागेको माडवारी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरी ले बताउनुभयो।
मूर्ति निर्माणको लागि शिलालाई नै पठाउने सहमति भएको अध्यक्ष चौधरी ले बताउनु भयो ।
श्री श्याम बाबालगायत भगवानका मूर्ति निर्माण गर्न लुम्बिनी प्रदेश स्थित बग्दै आएको कालीगण्डकी (कृष्णा गण्डकी) नदीमा नै जाँची पर्खि ल्याइएको देवशिला (शालिग्राम) केहि दिन अघि जनकपुरधाम आईसकेको छ ।
बागलुङ्गबाट ल्याएको तीन थान शिलामा श्री श्याम बाबा, भोला बाबा, गणेश भगवान, लक्ष्मीनारायण र संकटमोचन हनुमानको मूर्ति निर्माण हुने जनाएको छ ।
मारवाड़ी सेवा समिति जनकपुरधाम हातामा रहेको श्री श्याम बाबा मंदिरमा मूर्ति स्थापनाको लागि ल्याएको देवशिलालाई वैशाख २२ गते एक समारोह बीच क्षामा पूजा गरिएको थियो ।
बागलुङ्ग नगर पालिकाका मेयर बसन्त कुमार श्रेष्ठ द्वारा माडवारी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरी लाई सो देवशिला एक समारोह हस्तांतरण भएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
