धनवीर महतो
गौशाला, फागुन ७ गते । भाषा संरक्षणका लागि नगरपालिकाले अगामी शैक्षिक सत्रमा ऐच्छिक विषयको पठनपाठन विद्यालयमा गराईने नगरप्रमुख शिवनाथ महतोले बताउनुभएको छ ।
शुक्रवार महोत्तरीको गौशालामा नवनिर्मित मगर संग्रहालय भवनको उदघाटन गर्नुहुँदै नगरप्रमुख महतोले हरेक समुदायका वोलिने भाषालाई पाठयपुस्तकको रुपमा विद्यालयमा लागु गरिने जनाउनुभएको छ । हरेक समुदायसँग सहमति र सहकार्य गर्दै नगरपालिकाको कार्यालयले विद्यालयमा ऐच्छिक विषयवस्तुको रुपमा पठनपाठन गराईने तयारी अनुरुप एक चरणको क्रियाकलाप सम्पन्न भएकोले अगामी दिनमा पुनः यस विषयवस्तुउपर छलफल गरिने नगरप्रमुख महतोले धारणा राख्नुभयो । एक अर्को प्रसंगमा नगरप्रमुख महतोले नगरपालिकाको सहयोगमा निर्मित मगर संग्रहालयमा आवश्यक सामग्री राखि प्रदेश नं. २ मै नमुना संग्रहालयको रुपमा स्थापित गर्नका लागि नेपाल मगर संघलाई आग्रह गर्नुभएको हो । नगरपालिकाले यस आर्थिक बर्षभित्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा नमुना कार्यको थालिनी गरिने नगरप्रमुख महतोले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमकाबीच नेपाल मगर संघका केन्द्रिय सदस्य एवम प्रदेश ईन्चार्ज लेखराम जर्घा मगरले जातिय गणनाको अधारमा समानुपातिक एवम समावेशीकरणको पद्धति लागु गर्नका लागि सरोकारवाल निकायसमक्ष आग्रह गर्नुभएको हो । गाँउमा जातिय नाईके नहुँदा मगर समुदायहरु एकीकृत हुन नसकेको संघका प्रदेश अध्यक्ष यम वहादुर खपांगीले धारणा राख्नुभयो । समुदायले क्रमिक रुपमा भाषा विर्सिदा मगर संस्कृति र परम्परा धराप पर्न सक्ने भएकोले यसतर्फ सचेत रहनकालागि जातियसँग सरोकार राख्ने व्यक्तिलाई अनुरोध गर्नुंभएको हो ।
गौशाला नगरपालिकाको कार्यालयले उपलब्ध गराएको १० लाख र २८ हजार ९७७ रकम बराबरको जनश्रमदानमार्फत सो भवन निर्माण भएको मगर संघका जिल्ला अध्यक्ष गणेश वहादुर आलेले जानकारी दिनुभयो । सो भवन निर्माणका लागि स्थानिय श्याममाया थापा मगरले डेढ कटठा जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो ।
गौशालामा नवनिर्मित मगर संग्रहालयको उदघाटन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
