कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस्त
2 वर्ष पहिले प्रकाशित
रंजित चौरसिया,
वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य कार्य लगायत अन्य काण्डहरुमा पनि चर्चा कमाईरहंदा लेखा प्रमुख मन्दीप महतोको अशोभनिय कार्यले नगरपालिका थप बदनाम हुँदै गईरहेको समाचार प्राप्त हुन आएको छ ।
कमिशनको मामिलामा सेवाग्रहीहरु सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउदै आफु खुशीको जिवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरु बताउंदछन् ।
भ्रष्ट महतोको एैयासी जिवनको बारेमा उनका बुवा र आमाले केही महिना पहिले नगरप्रमुख प्रद्युमन चौहानलाई भेटी गुनासो गर्दा उनी लेखा प्रमुख महतोको सरुवा गराउन बाध्य भएको समाचार स्रोतको कथन रहेको छ । लेखा प्रमुख महतोको सरुवा भए पनि उनी पुनः प्रमुख चौहानलाई हारगुहार गर्दै आफ्नो सरुवा रोकाउन सफल भएको ती स्रोतले जनाएको छ ।
महतोको एैयासी जिवनलाई लिएर उनको घरमा प्रायः झगडा हुने गरे पनि उनी आफ्नो आचरणमा सुधार ल्याउन नसक्दां घर परिवार नै आजित भईसकेको जानकारहरु बताउंदछन् ।
महतो पोखरिया नगरपालिकामा कार्यरत्त रहे पनि कार्यालयमा कम जाने गरेको र आफ्नो कार्यसम्पादन सेवाग्रहीहरुलाई झुलाउदै वीरगंजबाट नै गर्ने गरेको भुक्तभोगीहरु बताउंदछन् ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
2 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
