जनकपुरमा चैते छठ लगायत तीन पर्वको चहलपहल
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख १ गते । प्राचिन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अचेल चैते छठ लगायत तीनवटा पर्वको चहलपहल आरम्भ भएको छ ।
चैत्र महिनाको शुक्लपक्षमै यहाँ नवरात्रा, छठ र श्री राम जन्मोत्सव मनाइने गरिएको ले यहाँ आउने पर्यटकहरु एक साथ तीन वटा धार्मिक पर्वको नजारा लिने अवसर प्राप्त हुने गर्दछन ।
यहाँ प्रतिपदा तिथी अर्थात चैत्र २७ गतेदेखि चैते नवरात्रा आरम्भ भएको छ । महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित पार्न का.का. सदस्य दिपक गुप्ता लाई संयोजक बनाईएको छ ।
महाविर युवा कमिटिको अध्यक्ष अयज गुप्ताको अध्यक्षतामा चैत १९ गते आयोजित कार्यसमितको बैठकबाट उक्त निर्णय गरिएको छ ।
यसवर्ष चैते दशैं चैत २७ गते देखि आरम्भ भई बैशाख ९ गते सम्म हुनेछ । श्री राम मन्दिरको अर्को आंगनमा रहेको माता राजदेवी को मन्दिरमा महावीर युवा कमिटी ले शरदीय नवरात्री ं झै व्यवस्थित तरिकाले चैती दशैं मनाउन का.का. सदस्य दिपक गुप्तालाई सर्वसहमतिबाट संयोजकमा चयन गरिएको जनाएको छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा मनाइने नवरात्री वर्षमा चार वटा हुन्छ । तर, हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइपटकलाई प्राथमिकता लिने गरेका हुन्छन । आश्विन महिनामा मनाईंने दशैंलाई बडादशै पनि भनिन्छ । त्यस्तै चैत शुक्ल पक्षमा मनाईंने दशैंलाई चैती दशैं भनेगरिन्छ ।
त्यस्तै वैशाख ५ गते आयोजना हुने श्री राम जन्मोत्सव अवसर पारेर यहाँका राम र जानकी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम हुँदैछन । यहाँका राम जानकी लगायतका मठमन्दिरमा विहिवारबाट श्री जन्मोत्सव आरम्भ भईसकेको छ ।
उसैगरी आज शुक्रवारदेखि आरम्भ भईरहेको चैते छठको चहलपल बजारमा आरम्भ भईसकेको छ । छठ आयोजन हुने घरहरुमा विधिविधान रुपमा छठ मनाउनको लागि पुजा सामग्री खरिदारी आरम्भ भईसकेको छ ।
चैते छठको लागि चतुर्थी तिथि अर्थात शुक्रवार ‘नहा खा’ शुरु हुँदैछ । त्यसको भोलि पल्ट पञ्चमी तिथिका दिन खरना विधि हुनेछ । खरनामा दिनभरि व्रतालुले उपवास बसेर सांझ तीर आफैँले पकाएको सख्खरको खीर, पुरी, केरा,लडु,फुल पानबाट सूर्यलाई निम्तो गर्नेछन । सो नुनरहित को प्रसाद व्रतालुले खाने चलन रहेको छ ।
कार्तिक महिनामा मनाइने शरद ऋतुको छठ जस्तै विधि विधान अनुसार गृष्म ऋतुमा मनाइने छठ पर्व अन्तर्गत षष्ठी तिथिका अस्ताउँदो तथा सप्तमी तिथिका उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिन्छ ।
चैते छठ लाई कार्तिक महिनामा मनाइने छठ भन्दा अझै कठोर मानिन्छ । छठ पर्व गर्ने व्रतालुहरू बिहान घर नजिक भएको नदी, तलाउ एवं सरोवरमा स्नान गरेर नयाँ तथा चोखो वस्त्र धारण गरी साकाहार भोज्य पदार्थहरुमा पनि लहसुन, प्याज,कोदो,भद्री धानको चामल, उसिना चामल बाहेकका खाने कुरा खाने गर्दछन् । त्यसलाई ‘नहा खा’ भनिन्छ ।
यसमा पनि कार्तिक महिनामा मनाइने छठ जस्तै प्रसादको रुपमा ठेकुवा,भूसवा, केला, उखु, नारियल, अदुवा, मूला, फलफूल सहितका सामाग्रीहरूलाई डगरी, सुपली, कुनिया, ढकना लगायतको भाडामा प्रसाद राखेर जलासय नजिक लगिन्छ र सूर्य देवतालाई अर्पण गर्ने चलन छ ।सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैते छठको समापन गरिन्छ । पर्वको समापन भएपछि व्रतालुले ४८ घण्टापछि खाना खाने चलन रहेको छ ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
2 दिन पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
2 दिन पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
2 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
2 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता

