चरणबद्ध आन्दोलनको तयारीमा माध्यमीक विद्यालय शिक्षक युनियन
2 वर्ष पहिले प्रकाशित
अकुल प्रसाद साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २० गते । मुखियापट्टी मुसरनिया गा.पा.का शिक्षकहरु तलब भत्ताबाट बन्चित भएका छन् ।
श्री बैधनाथ देवनारायण जनता नमुना मा.वि. तुलसियाहि कक्षा ११ र १२ मा पढाउने शिक्षकहरु तलबभत्ता नपाएको नौ महिना भइसकेको कुरा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) ले जानकारी गराएको छ ।
कार्यरत्त शिक्षकहरु अमर नाथ प्रसाद साह, ईन्द्र कुमार झा, अमर नाथ साफिलाई मुखिया पट्टी मुसरनियाका गा.पा. अध्यक्ष जयकुमार यादबले बिभिन्न बहानामा दुःख दिने काम मात्र गरेको कुरा हिटुनका जिल्ला अध्यक्ष डा. भोगेन्द्र अधिकारीले बताएका हुन् ।
पिडित शिक्षकहरुको तलबभत्ता अभिलम्व उपलब्ध नगराए माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (HISTUN) ले चरणबद्ध आन्दोलनमा जाने छ ।
आन्दोलन बाट उत्पन्न हुने समस्याको जिम्मेबारी सरोकारबाला निकायहरुले नै लिनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख छ ।
शिक्षा तथा संस्कृती मंन्त्रालय मधेश प्रदेश, प्रदेश शिक्षा निर्देशनालय, जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा बिकास तथा समन्वय एकाई धनुषा, मु.मु.गा.पा.को कार्यालय धनुषा समेतलाई बिज्ञप्ती बुझएको कुरा (HISTUN) का जिल्ला सचिब गजेन्द्र प्रसाद यादब ले जानकारी गराएका छन् ।
तलब भत्ता पाउने शिक्षकको अधिकार हो । शक्तिको आडमा जीवन जीविकासंग खेलबाड गर्ने कसैलाई पनि छुट छैन । पद र पदीय मर्यादालाई ख्याल नगरी शिक्षकको पेशामाथि आक्रमण गर्न खोज्नेहरुलाई (HISTUN) ले खबरदारी गर्ने कुरा बिज्ञप्तीमार्फत जानकारी गराएको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
2 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
