कमल साह
जनकपुुरधाम,चैत्र ११ गते । पन्द्रह दिने मिथिला पंचकोसी आज आईतवार जनकपुरधाम आई पुगेका छन । भाली सोमवार अन्तरगृह परिक्रमा हुने र मंगलवार होली हुने भएको छ ।
पन्द्र दिने मिथिला परिक्रमा आज भारतीय क्षेत्र विशोलबाट मिथिलाविहारी र किशोरी जी को डोला संगै जनकपुरधाम आई पुगेका छन ।
फागुन शुक्लपक्षबाट आरम्भ आरम्भ भएको १५ दिने, पँचायन र २४ घण्टे परिक्रमा रामजानकी को डोला संगै जनकपुरधाम आईपुगेका छन ।
पन्द्रह दिनसम्म चल्ने मिथिला पंचकोसी परिक्रमा फागुन २७ गते धनुषाको कचुरी र जनकपुरधाम को सुन्दर सदन मन्दिरबाट एक साथ उठेको थियो ।
मथिलाविहारी र किशोरी जीको डोला फागुन २७ गते राति जनकपुरधामको हनुमानगढीमा वास बसेको थियो । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
जनकपुरधाम उप महा नगरपालिका– १५ को हनुमानगढीबाट २८ गते विहान परिक्रमा भारतीय क्षेत्र कल्याणेश्वर दोश्रो पडाव पुगेको थियो । त्यहाँबाट २९ गते फुलहर,३० गते मटिहानी र चैत्र १ गते जलेश्वरमा विश्राम गरिएको थियो ।
मिथिलाविहारीको डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठदैछ भने किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्डमा रहेको शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ । फागुन २७ गते मिथिलाविहारीको डोला कचुरी बाट जनकपुरधाम स्थित रत्नसागर मठमा आईपुगेको थियो । त्यहाँ पूजा आरती पश्चात् भोग राग लागेपछि डोला हनुमानगढीको लागि प्रस्थान भएको थियो ।
मिथिलाविहारी जी को डोला र किशोरी जी को डोला जानकी मन्दिर र राम मन्दिरमा आरती उतारेर हनुमानगढी पुगेका थिए । परिक्रमा १५ औं दिन चतुदर्शी तिथिमा पुनः यहाँ फर्केका छन र १६ औं दिन अर्थात् सोमावार पूर्णिमाका दिन ऐतिहासिक सरोवर गंगा सागर, धनुष सागर, अंगराज सर, महराज सागर, रत्नसागर, दुधमती नदीमा स्नान गरेर भगवान रामजानकीको दर्शन पूजन गर्दै अन्तःगृह परिक्रमा मा सहभागि हुने छन ।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशोल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ भएको थियो । बोलबाँम परिक्रमामा सहभागिहुने श्रद्धालुवर्ग विशोल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउनु भएका छन । बोलबाँम परिक्रमा र पँचायतन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छन ।
त्यस्तै १५ दिने परिक्रमामा सहभागी हुने यात्री रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा सहभागी हुनको लागि मथिलाविहारी र किशोरी जीको डोला गत रविवार राति जनकपुरधामको हनुमानगढीमा वास बसेको थिए । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
१५ दिने परिक्रमाको प्रमुख केन्द्रबिन्दु मिथिलाविहारी जी को डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो । त्यस्तै किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्ड स्थित शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ ।
मिथिला मध्यमा परिक्रमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहिबार पँचकोशी परिक्रमा सडक हुँदै पुगेको थियो ।
सो अवसरमा श्रद्धालु ऋषिमुनि तथा साधुसन्तको लागि भरपुर तैयारी भएको नगरप्रमुख सुरेश साह सोनारले बताउनु भयो ।
स्वागत द्वारदेखि खानेपानीको लागि ह्याण्ड पाइप,रात्रि बासको लागि टेन्ट,दाउरा,निःशुल्क स्वास्थ्य शिविर लगायत अन्य अत्यावश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मिथिला बिहारी तथा किशोरी जीको डोलालाई स्व. परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थित रामजानकी मंदिर धर्म संस्था परिवार, नगर प्रमुख सोनार लगायतले स्वागत गर्नुभयो ।
यत्ता, मिथिला मध्यमा परिक्रमा स्वच्छ बनाउनको लागि महोत्तरी जिल्लाका विभिन्न बासाहरुमा पुग्ने दिन माछामासु तथा मदिरामा प्रतिबन्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीले लगाएको छ ।
महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल द्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ यस निर्देशनको उल्ङघन भए कानुन बमोजिम कारबाही समेत भई जाने भएको जनाउँदै यस धार्मिक कार्यमा सबै क्षेत्रबाट सहयोग गरिदिनको लागि समस्त जिल्लाबासीसँग आग्रह गर्नुभयो ।
पंचकोशी परिक्रमा आईपुग्यो सोमबार अन्तरगृह परिक्रमा र होली मंगलवार हुने
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
6 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
