नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गर्न सांसद यादवको सर्वाेच्च अदालतको ध्यानाकर्षण
2 वर्ष पहिले प्रकाशित
रंजित चौरसिया, वीरगंज,
वीरगंज चैत्र २ गते । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा वोल्दै सांसद यादवले अस्पतालको भौतिक संरचना निर्माणको विषयमा विभाग र ठेकेदारको लडाइमा नारायणी अस्पतालको पाँच सय शैय्याको अस्पतालको निर्माण ओझेलमा परेको वताए । उनले त्यस कारण जनताले दुख भोगिरहेकोले तत्काल मुद्दाको छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराए ।
जनता समाजवादी पार्टी प्रमुख सचेतक एवम् पूर्व मन्त्री समेत रहेका सांसद यादवले वीरगंजको नारायणी अस्पतालमा भौतिक संरचनाको अभावले विरामीले दुख भोगिरहेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदै निकास दिन सार्वाेच अदालतको ध्यानकार्षण गराएका हुन् ।
उनले भने “नारायणीलाई पाँच सय शैय्याको अस्पताल बनाउने लक्ष्यअनुसार सरकारले अस्पताल निर्माणको लागि करिब डेढ अर्बको लागतमा पछिल्लोपटक ८ वैशाख ०७६ मा बोलपत्र आह्वान गरेको थियो । तर सहरी विकास तथा भवन निर्माण विभागले केही कागजात र भौचरको नाम फरक भएको कारण ठेक्का रद्ध गर्यो । अर्को बोलपत्र आह्वान भयो । त्यसविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दायर गर्यो । अदालतले १७ कात्तिक ०७७ मा दोस्रो बोलपत्र रद्ध गर्यो । यो आदेशविरुद्ध २ पुस ०७७ मा भवन निर्माण विभागले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्यो र अहिलेसम्म विचाराधीन छ । पेशीमा चढ्छ, सुनुवाइ हुँदैन, फैसला पनि हुँदैन ।“
अर्काे प्रसंगमा कुरा राख्दै सांसद यादवले वीरगंजमा खानेपानी अभावको समस्या अन्त्य गर्न माग गरेका हुन् । उनले जनशक्ति र बजेटको अभावमा खानेपानी संस्थानलाई धेरै समस्या भएको वताउँदै वीरगंजमा खानेपानीको अभाव अन्त्य गर्नको लागि नेपाल सरकारको एक्सन प्लान के छ ? प्रश्न समेत गरेका छन् ।
उनले भने “गर्मीको दिन आइसकेकाले अबका केही दिनमा वीरगंजका सबै चापाकल सुक्छ जानकारले बताइरहेका छन् । सबै चापाकलको पानि सुक्यो भने वीरगंजमा पानीको अभावले विकराल अवस्था आउँछ । कुनै बेला सइ फिटमा पानी आउथ्यो, अहिले ३ सयको लेयरमा पनि पानी छैन । सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड भइरहेको छ । त्यही भएर समस्या अन्त्य गर्न माग गर्दछुं ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
2 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
