पंचकोशी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै मडई पुग्यो
1 वर्ष पहिले प्रकाशित
_1710517553.jpg)
कमल साह
जनकपुुरधाम,चैत्र २ गते । पन्द्रह दिने मिथिला पंचकोसी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै आज मडई पुगेको छ ।
मटिहानीमा बुधबार परिक्रमावासीलाई स्वागतका लागि मटिहानी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको थियो । त्यस्तै विहिवार जलेश्वर नगरपालिकाले पनि सार्वजनिक विदा घोषणा गरेको छ ।
१५ दिने परिक्रमा चौथो दिन मटिहानी पुग्दा मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल ले स्वागत गर्नुभयो ।
नगरप्रमुख हरि प्रसाद मण्डल ले डोलासंगै रहनु भएका सन्त–महन्त एवं सीतारामका अनुयायीहरुलाई स्वागत एवं अभिनन्दन गर्नुभयो । स्वागत द्वारदेखि खानेपानीको लागि ह्याण्ड पाइप,रात्रि बासको लागि टेन्ट,दाउरा,निःशुल्क स्वास्थ्य शिविर लगायतका व्यवस्था गरिएको नगरप्रमुख हरि मण्डलले जानकारी गराउनुभयो ।
यस अवसरमा लक्ष्मी नारायण मन्दिर तथा गंगा आरती स्थल लाई झिलिमिलि पारिएको थियो ।
परिक्रमा आज शुक्रबार जलेश्वरनाथको दर्शन गरेर मडई पुग्ने छ । परिक्रमा मडईमा वास बस्ने छन । र शनिवार विहान ध्रुबकुण्डको लागि प्रस्थान हुनेछन ।
फागुन शुक्लपक्षमा आरम्भ हुने परिक्रमा तीन किसिमको हुन्छ । एक १५ दिने, अर्को पँचायन परिक्रमा र तेश्रो २४ घण्टे परिक्रमा हुन्छ ।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशोल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ हुने गर्दछन । बोलबाँम परिक्रमामा सहभागिहुने श्रद्धालुवर्ग विशोल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउने गर्दछन । बोलबाँम परिक्रमा र पँचायतन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छन ।
त्यस्तै १५ दिने परिक्रमामा सहभागी हुने यात्री रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा सहभागी हुनको लागि मथिलाविहारी र किशोरी जीको डोला गत रविवार राति जनकपुरधामको हनुमानगढीमा वास बसेको थिए । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
१५ दिने परिक्रमाको प्रमुख केन्द्रबिन्दु मिथिलाविहारी जी को डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो । त्यस्तै किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्ड स्थित शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ ।
मिथिला मध्यमा परिक्रमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहिबार पँचकोशी परिक्रमा सडक हुँदै पुगेको थियो ।
सो अवसरमा श्रद्धालु ऋषिमुनि तथा साधुसन्तको लागि भरपुर तैयारी भएको नगरप्रमुख सुरेश साह सोनारले बताउनु भयो ।
स्वागत द्वारदेखि खानेपानीको लागि ह्याण्ड पाइप,रात्रि बासको लागि टेन्ट,दाउरा,निःशुल्क स्वास्थ्य शिविर लगायत अन्य अत्यावश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मिथिला बिहारी तथा किशोरी जीको डोलालाई स्व. परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थित रामजानकी मंदिर धर्म संस्था परिवार, नगर प्रमुख सोनार लगायतले स्वागत गर्नुभयो ।
यत्ता, मिथिला मध्यमा परिक्रमा स्वच्छ बनाउनको लागि महोत्तरी जिल्लाका विभिन्न बासाहरुमा पुग्ने दिन माछामासु तथा मदिरामा प्रतिबन्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीले लगाएको छ ।
महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल द्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ यस निर्देशनको उल्ङघन भए कानुन बमोजिम कारबाही समेत भई जाने भएको जनाउँदै यस धार्मिक कार्यमा सबै क्षेत्रबाट सहयोग गरिदिनको लागि समस्त जिल्लाबासीसँग आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
2 दिन पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
2 दिन पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
2 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
2 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता

