कमल साह
जनकपुरधाम, फागुन ५ गते । प्रदेश २ को सरकारले प्रदेशको गौरव बढाउनेगरी आजबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उदघाटन संगै कार्यालय संचालनमा आएको छ ।
प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उद्श्यबाट सोही अस्पतालको प्राङ्गण भित्रै सो प्रतिष्ठानको कार्यालय मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उदघाटन गर्नुभएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताललाई बनाउँदा धार्मिक नगरिको रुपमा चर्चित जनकपुरधामको नाउमा एउटा अझ विशेषता थपिएको छ । रेफर केन्द्र होईनकी सम्पुर्ण उपचार अब यहाँ हुने भएको छ ।
मुख्यमन्त्री राउतले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उदघाटनगर्दै यो प्रतिष्ठानको कार्यालय संचालनमा आएपछि प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको र यसबाट स्वास्थ्य क्षेत्रमा सुधार आउने बताउनु भयो । प्रदेश २ को स्वास्थ्य सूचकांममा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेकोलाई प्रतिष्ठानले उकास्नमा ठुलो टेवा दिने विश्वास उहाँले व्याक्त गर्नुभयो ।
मुख्यमंत्री राउते सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षो पुरानो अकांक्षा प्रतिष्ठानको स्थापनाले अब चाँडै पुरा हुने बताउनुभयो ।
संघीय सरकारको गलत नीतिका कारण आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको आरोप लगाउँदै उहाँले सो लक्ष्य प्रतिष्ठानको स्थापनाबाट पुरा हुने थप्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रतिष्ठान स्थापनाले प्रदेश २ वासी को गौरव बढाएको बताउँदै थप्नुभयो,‘ यो संचालनमा आएपछि प्रदेशवासीको ठूलो सपना पूरा हुनेछ ।
मधेश स्वास्थ्य प्रतिष्ठानमा एमबीबीएस, एमडी लगायतको पढाई हुने सामाजिक विकास मंत्री साह बताउँदै यहा चाँडैको सत्र चलाउनका लागि पहिला एम.डी. को पठन पाठन हुने थप्नुभयो ।
उहाँले प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरुमा हुँदैआइकाृ चिकित्सक अभाव समाप्त हुने बताउँदै एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुने लगायतको समस्या समाप्त हुने विश्वस व्यक्त गर्नुभयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्रदेश २ सरकारले यसवर्ष ५३ करोड रकम विनियोजन गरेको छ ।
प्रदेश २ को गौरवःमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उद्घाटन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
