कमल साह
जनकपुरधाम,माघ २६ गते । मटिहानी नगरपालिकाको वडा नं.– १ सिरसियामामा संचालित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई नयाँ पोसाक वितरण गरिएको छ ।
माघ २३ गते आयोजित कार्यक्रमका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले कपडा अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो ।
उहाँले विद्यालयमा अध्ययनका लागि आउने नयाँ छात्रछात्राहरू समान भएको देखाउने बताउँदै यो विद्यालय पोसाक भएको थप्नु भयो । नगरप्रमुख मण्डलले विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने भएको ले वितरण गरिएको बताउनु भयो ।
उहाँले वडाले विद्यालय पोसाकको लागि मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने बताउँदैै त्यस पुनित कार्यको लागि अभिभावकहरू समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो ।
वडाध्यक्ष शिवशङ्कर रायले शिक्षाको गुणस्तरीयताको लागि वडास्तरबाट काम भइरहेको भन्नुभयो । वडाध्यक्ष रायले स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको जानकारी दिनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक रामश्रेष्ठ ठाकुरले वडाका कतिपय दलित बालबालिकाहरू पोसाक अभावमा नियमित हुन नसकेको बताउँदै अब पठनपाठनमा नियमित हुन सहयोग पुग्ने थप्नुभयो ।
उहाँले विद्यालयमा कक्षाकोठाको अभाव भएकोले भवन निर्माणमा समेत चासो राखि भवन निर्माण गरिदिन आग्रह गर्नुभयो ।
विद्यालयमा अध्ययनरत तीन सय ६८ विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ । त्यसमा १७८ छात्र र १९० छात्रा रहेको जनाएको छ ।
कपडा अभावमा पढाइबाट बञ्चित हुन नपरोस् – मेयर हरि मण्डल
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
