रंजित चौरसिया, वीरगंज,
वीरगंज फाल्गुन ४ गते । आर्थिक राजधानीको रूपमा मानिएको बिरगंज नाकाबाट दिनानुदिन तस्करी कार्यमा तिब्रता बढेपनी नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक बनेको छ । बिरगंज भन्सार लगायत इनर्वा गाउँ हुँदै प्रती दिन कबाडको तस्करी तिब्र रूपले बढेपनी इमन्दार भनाउदाहरू अहिले मुखदर्शक बन्न पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दर्जनौ प्रहरीलाइ सादा पोशाकमा परिचालन गरेपनी मात्र आर्थिक सन्कलनमा लागेको कारण निर्वाध रूपले तस्करीको कार्य सन्चालन भएको स्थानीयहरूले बताएका छन । इनर्वा गाउँ हुँदै रातीको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको बताए । उहाले रातभरी निर्वाध रूपले तस्करीको कार्य हुदा हो(हल्लाका कारण सुत्न समेत नसक्ने बताउनु भयो । तस्करी समयमा प्रहरी गस्तीको नामले खटेपनी मात्र रकम उठाउन गरेको आरोप स्थानीयहरूको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलिले आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएका छन । शान्ती सुरक्षाको नाममा खटिने प्रहरीहरू हालको समयमा सीमालाई कमाइ खाने भाडो बनाएको छर्लङ्ग समेत भइसकेको छ । केही बिचौलिया र केही तस्कर संगठनका मुख्य नाइकेहरू सङ्ग मासिक करीब ३० लाख रूपैया आर्थिक संकलन गरेको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइम टोलिको नाममा खटिएका प्रहरी जवान लालबाबु साहले प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको आग्मन सङ्गै करीब ३० लाख रूपैया तस्कर संगठनहरू सङ्ग उठाएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलिले प्रहरी उपरीक्षक बेल बहादुर पान्डे लगायत प्रहरी नायब उपरीक्षक र क्राइम टोलिको नाममा समेत लाखौ रूपैया सन्कलन गरेको एक जना तस्करले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । उनका अनुसार प्रहरी जवान लालबाबु साहले आर्थिक संकलन गरे पश्चात् सम्बन्धीत चौकीहरूमा खबर गर्ने गरेको र त्यस पश्चात् तस्करीको लाइन सुचारू हुने गरेको आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।
पर्साको ग्रामिण भेगहरूको साथै बिरगंजको इनर्वा नाका हुँदै तस्करी सुचारू भएपनी क्राइम टोलि मौन बस्नुले आर्थिक संकलनको बिषयमा प्रष्ट भएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डे सङ्ग बुझन खोज्दा यस बिषयमा केही कुरै नगरी फोन काटेका थिए ।
प्रहरीले खोले कवाडको लाइन, इनर्वा हुँदै निर्वाध रूपले कवाड तस्करी
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
