मधेशमा गठबन्धनका उम्मेदवार निर्वाचित
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ १४ गते । मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा सत्ता गठबन्धनका दुईटै उम्मेदवार निर्वाचित भएका छन ।
विहिवार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट अन्य समूहमा आनन्द प्रसाद ढुङ्गाना तथा महिला समूहमा जनता समाजवादी पार्टीका उम्मेदवार पूजा चौधरी निर्वाचित हुनु भएको छ ।
गठबन्धनबाट निर्वाचित हुनु भएका नेपाली काँग्रेसका आनन्द प्रसाद ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार ल्याएर विजयी हुनु भएको छ । त्यस्तै गठबन्धनकै तर्फबाट महिला समूहको राष्ट्रिय सभा सदस्य पदमा जसपाका पूजा चौधरीले ७ हजार ९ सय ७० मतभार पाएर विजयी हुनु भएको छ ।
पराजित हुनेहरुमा नेकपा एमालेका तर्फबाट अन्य समूहमा उम्मेदवार रहनु भएका कुमारी विजेता झाले २ हजार ४ सय ८४ मतभार ल्याउनु भएको छ। त्यस्तै सोही पार्टी महिला समूहका उषा देवी थरुनीले २ हजार ४ सय ४६ मतभार ल्याउनु भएको छ ।
गठबन्धन दलमा विद्रोह गरेर अन्यमा उम्मेदवारी दिनु भएका जनमत पार्टीका रामशंकर महासेठले ८ सय १८ मतभार ल्याउनु भएको छ ।
मधेश प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभाका सदस्य पदको महिला समूहमा प्रदेश सभाका ५ र स्थानीय तहका २ वटा मत बदर भएको छ । अन्य १ वटा पालिकाको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराईयो ।
यहाँका महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित मतदानमा पालिका तर्फका २ सय ६७ मा सत्प्रतिश मतदान भएको छ । त्यस्तै प्रदेश तर्फका १ सय ७ मा एक अनुपस्थित रहेको ले १ सय ६ मत खसेको छ । सजपाका प्रदेश सांसद अभिरमा शर्मा मत खसाल्नमा अनुपस्थित रहनु भयो ।
पालिका प्रमुख र उपप्रमुखहरुलाई बेग्लै र प्रदेश सांसदहरुलाई बेग्लै गरि दुई मतदान स्थल छुट्याइएको छ ।
मधेश प्रदेशमा सबै दलको छुट्टाछुट्टै मतभारको अवस्थालाई विश्लेषण गर्ने हो भने नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । नेपाली कांग्रेस को ३ हजार १ सय ६१ मतभार रहेको छ र्। त्यस्तै एमालेको २ हजार ३ सय ५५ मतभार रहेको छ ।
अर्का उम्मेदवार जनमतसँग जम्मा ७ सय ४६ मतभार रहेको छ । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र तथा नागरिक उन्मुक्ति पार्टी समेतको मतभार जोड्ने हो भने कुल मतभार ७ हजार ५ सय ४१ रहेको छ ।
नेपाली कांग्रेससँग ३ हजार १ सय ६१, जसपासँग १ हजार ९ सय ९५, लोसपासँग ९ सय ३३, माओवादीसँग ८ सय १९, एकीकृत समाजवादीसँग ५ सय ८० र नागरिक उन्मुक्ति पार्टीसँग ५३ मतभार रहेका छन् ।
मधेशमा १ सय ७ जना प्रदेश सांसद, ७७ जना नगर प्रमुख, ७७ जना उपप्रमुख, ५९ जना अध्यक्ष तथा ५९ जना उपाध्यक्ष रहेका छन् ।
कमेन्ट गर्नुहोस्

भोली देखि बिपी राजमार्गमा राति गाडी चल्न नदिईने
रामेछाप । रोशीको किनारमा रहेको बिपी राजमार्गमा बिहिबार देखि एक महिना सम्म रातिको समयमा सवारी साधन संचालन नहुने भ..
14 घन्टा पहिले
तलबको पैसा लिएर शिक्षकले गरे विद्यार्थीलाई पुरस्कार
रामेछाप । रामेछाप नगरपालिका ४ को जनसक्रिय आधारभुत विद्यालय हिमगंगाका प्रअ निमवहादुर श्रेष्ठले आफ्नो वडाका २ वट..
1 दिन पहिले
भिरको अमृतका लागि पुस्तौनि जोखिम
रामेछाप । गुम्देलको ठाडो खोला माथिको ठुलो भिरमा अमृत जस्तै भीरमौरीको महको भण्डार देखेपछि लिखु पिके गाउँपालिका ५ ..
1 दिन पहिले
खानेपानीमा लगाएको कर छुटको माग
रामेछाप । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले आर्जन गर्ने मुनाफामा कर..
2 दिन पहिले
स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ आंै स्थापना दिवसका अवसरमा सोमबार जिल्ला सदरमुकाम मन्..
2 दिन पहिले
संवाददाता
संवाददाता

