+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मेयर पजियारले गरे बिधालय भवन उद्घघाटन

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ९ गते । हरिपुर नगरपालिका ७ मा रहेको एक बिधालयको नव निर्मित भवन नगर प्रमुख (मेयर) गोपाल पजियारले सोमवार उद्घाटन गरेको छ । वडा नम्बर ७ चिताइनस्थित लक्ष्मीनाथ जनता आधारभुत बिधालयमा राष्ट्रपति शैषिक सुधार कार्यक्रम अन्तर्गत भौतिक बिस्तार तर्फ निर्माण भएको दुइ कोठे पक्की भवन एक कार्यक्रमका वीच मेयर पजियारले उद्घाटन गरेका हुन् । मेयर पजियारले प्रधानाध्यापक धामी बिधालयको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरमा दिनरात मेहनत गरिरहेकोले यस बिधालयको सबै खाले काममा व्यक्तिगत र नगरक सहयोग रहिरहने प्रतित्रद्धता समेत ब्यक्त गरे ।
गत चैत्र महिनामा सम्झौता भइ तोकेकै समयमा काम सम्पन्न गरी भवन उद्घाटन गरिएको हो । उक्त भवन २२ लाख पचास हजार रुपियाँको लागतमा निर्माण भएको बिधालयका प्रधानाध्यापक चेतनारायण धामीले जानकारी दिए । यस भन्दा पहिले भवन नहुँदा केही असहजता भएपनि अहिले बिधार्थीको पठनपाठनमा सहजता भएको उनले बताए । बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजेश सहनीको अध्यक्षता, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडानम्बर ७ का वडाध्यक्ष मनोज कुमार चौधरी, हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर राय, सिंचाइ विभागका पुर्व डिभिजन इन्जिनियर आनन्द चौधरी, नेपाली काँग्रेसका हरिपुर नगर सभापती ध्रुव नारायण चौधरी वडानम्वर ७ का वडा सचिव रुपेश यादवलगायतको सहभगिता रहेको प्रधानाध्यापक धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

2 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले