सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ९ गते । हरिपुर नगरपालिका ७ मा रहेको एक बिधालयको नव निर्मित भवन नगर प्रमुख (मेयर) गोपाल पजियारले सोमवार उद्घाटन गरेको छ । वडा नम्बर ७ चिताइनस्थित लक्ष्मीनाथ जनता आधारभुत बिधालयमा राष्ट्रपति शैषिक सुधार कार्यक्रम अन्तर्गत भौतिक बिस्तार तर्फ निर्माण भएको दुइ कोठे पक्की भवन एक कार्यक्रमका वीच मेयर पजियारले उद्घाटन गरेका हुन् । मेयर पजियारले प्रधानाध्यापक धामी बिधालयको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरमा दिनरात मेहनत गरिरहेकोले यस बिधालयको सबै खाले काममा व्यक्तिगत र नगरक सहयोग रहिरहने प्रतित्रद्धता समेत ब्यक्त गरे ।
गत चैत्र महिनामा सम्झौता भइ तोकेकै समयमा काम सम्पन्न गरी भवन उद्घाटन गरिएको हो । उक्त भवन २२ लाख पचास हजार रुपियाँको लागतमा निर्माण भएको बिधालयका प्रधानाध्यापक चेतनारायण धामीले जानकारी दिए । यस भन्दा पहिले भवन नहुँदा केही असहजता भएपनि अहिले बिधार्थीको पठनपाठनमा सहजता भएको उनले बताए । बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजेश सहनीको अध्यक्षता, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडानम्बर ७ का वडाध्यक्ष मनोज कुमार चौधरी, हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर राय, सिंचाइ विभागका पुर्व डिभिजन इन्जिनियर आनन्द चौधरी, नेपाली काँग्रेसका हरिपुर नगर सभापती ध्रुव नारायण चौधरी वडानम्वर ७ का वडा सचिव रुपेश यादवलगायतको सहभगिता रहेको प्रधानाध्यापक धामीले बताए ।
मेयर पजियारले गरे बिधालय भवन उद्घघाटन
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
