कमल साह
जनकपुर धाम,माघ ८ गते । श्रीरामजानकी को गृह प्रवेशमा नेपालको छ पालिका ले छुट्टी घोषणा गरियो ।
त्यसमा धनुषाका नगराईन नपा र शहिद नपा, महोत्तरीका जलेश्वर नपा र मनराशीसवा नपा, सप्तरी को राजविराज र लुम्बिनी को एक पालिका ले श्री रामजानकी को उत्सव मनाउन आज सोमबार सर्वजानीक विदा दिएका छन् ।
झन्डै ५ सय वर्ष पछि रामजानकी नव महलको यज्ञ भईरहेको खबर सुनेर समग्र जनकपुर क्षेत्र हर्षमा डुबेका छन ।
यसै क्रममा जनकपुरधाम २३ बेलामा नगर परिक्रमा ,भजन संकिर्तन, संधिया आरति र अन्तमा भण्डारा कार्यक्रम राखिएको आयोजक वडा अध्यक्ष राघवेन्द्र साह ले बताएका छन् ।
भारतका अयोध्यामा श्रीरामजानकी को गृह प्रवेश भएको कारणले आज जनकपुरधाम जानकी मंदिर का महन्थ राम तपेश्वर दास ले सार्वजनीक विदा दिनको लागि मु्ख्यमन्त्री ज्यु लाई एक पत्र बुझइएको थियो तर श्रीरामजानकी को गृह प्रवेशमा पनि ८ गते सार्वजनीक विदा दिन सकेको छैन ।

