+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

अबधमा पठाएको ‘सनेस ले विश्वर्कीतिमान कायम हुने

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम माघ २ गते ।

सीता महारानी पाँच सय वर्षपछि आफ्नो महलमा सर्न लागेको खबरले सिंगो मिथिला क्षेत्र भए हर्ष विभोर,‘नैहर जनकपुर क्षेत्रको दिदी, बहिनी तथा श्री राम ससुरो, सालाहरुले पु¥याईयो सनेको भार

प्रभु श्री राम पाँच सय वर्षपछि आफ्नो दरबारमा बास गर्न लागेको खबरले उहाँका ससुराल जनकपुर क्षेत्र हर्ष विभोर भएका छन । घरबार माघ ८ गते सुनेर मिथिला क्षेत्रबाट झण्डै दुई हजार भन्दा बढी ‘सनेस’ उपहारका भार पुस २१ गते अयोध्यामा हस्तान्तरण भएको छ ।
अयोध्या नरेश श्री रामको मिथिला की राजकुमारी जानकी महाराणी संग त्रेता युगमा परिणय सुत्रमा बाँधिएको धार्मिक ग्रन्थहरुमा उल्लेखित छ । झण्डै पाँच सय वर्ष देखि श्री रामजानकी दरबार बिहिन अवस्थामा रहँदै आएको कुरा सुनेर मिथिलाका बासिन्दाहरु निरुत्साहित बन्दै आएको थियो । तर,जसरी रामजानकी आफ्नो महलमा प्रवेश गर्न लागेको समाचार सुनेर सिंगो मिथिला क्षेत्र हर्ष विभोर भएका छन ।


जगत जननी श्री जानकी महाराणीलाई जनकपुर क्षेत्रका बासिन्दाहरु छोरी, बुआ, दिदी, बहिनी मान्दै आएका छन । तस्र्थ प्रभु श्री राम मिथिला क्षेत्रका लागि ज्वाई तथा जीजा मान्दै आएका छन ।
उनिहरुले आफ्ना ज्वाई, जीजा,छोरी,दिदी, बहिनीका लागि उहार स्वरुपका पठाएका आभुषण समेतका भार गत पुस २० गते अयोध्या पु¥याईयो । जानकी मन्दिरका उत्तराधिकार रामरोशन दास को नेतृत्वमा गएको सनेस भार पुस २१ गते (जनवरी ७ ) मा हस्तान्तर भयो ।
कारसेवक पुरम सभाकक्षमा आयोजित भार हस्तान्तरण कार्यक्रममा श्रीराम जन्मभूमि न्यास ट्रष्टका महासचिव चम्पत राय उपस्थित हुनुभयो । सुन तथा चाँदीबाट निर्मित गरगहना सहितका भार हेरेर उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । साथै मिथिला अबधको सम्बन्ध बारेमा उहाँले बखान गर्नुभयो । सो क्रममा नेपाल र भारत बीचको बेटी रोटीे सम्बन्ध रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा सहभागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लाई उहाँले सम्मान र बिदाई गर्नुभयो । संगै भार यात्रामा सहभागी रहनु भएका संत महंथ, श्रीराम युवा कमिटीका अध्यक्ष तथा पूर्व अध्यक्षहरु, महावीर युवा कमिटीका अध्यक्ष तथा भूपू अध्यक्षहरु,संचारकर्मीहरु लगायतलाई बिदाई गरियो ।
श्रीरामसीता आप्mनो घरबाट झण्डै पाँच सय वर्षदेखि वेघरबार भएको थिए । श्रीरामको जन्मस्थल क्षेत्रलाई बाबरी मस्जितको थलो रहेको भनेर भारतका ‘सुपरिम कोट’ मा मुद्दा चल्दै आएको थियो । राम जन्मभूमि र बाबरी मस्जिद रहेको विवादित भूमिबारे भारतको सर्वोच्च अदालतले २०२० नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला गरेको थियो । त्यही फैसलाले राम जन्मभूमिमा काम गर्न ट्रस्ट गठनको आदेश पनि दिएको थियो ।


पाँच सय वर्ष पछि मुद्दा किनारा लाग्दा उनको दरबार पुनः निर्माण भईरहेको छ । श्री रामजानकी अगामी माघ ८ गते (जनवरी २२ तारिख ) का दिन आफ्नो महलमा प्रवेश गर्न लागेका हुन ।
महल निर्माणका कार्य तेज रफतारमा भईरहेको छ । बरखरै राम दरबारमा ढोका लगाईने कार्य सम्पन्न भएको छ । प्रवेश द्वारमा सुनबाट निर्मात ढोका जडान गरिएको छ ।
श्रीरामजानकी आफ्नो महलमा जान लागेको अबसरमा पुग्ने श्रद्धालुलाई निःशुल्क भोजनको पनि व्यवस्था रहेको छ । भारत विहार राज्यको राजधानी पटनमा संचालित कनला हनुमान मन्दिरको तर्फबाट ६ महिनासम्म निःशुल्क भोजनको व्यवस्था गरिएको छ । श्री रामजानकीको महल निर्माणका लागि पटनाको हनुमान मन्दिरले १० करोड रुपियाँ अनुदान दिएको छ । साथै मिथिलामा आएर श्री रामले धनुष तोडनु भएको भन्दै प्रतिक स्वरुप सो मन्दिरले सुनबाट निर्मत धनुष उपहार स्वरुप दिने घोषणा गरिसकेको छ । यी कुराहरु सुनेर मिथिला क्षेत्र हर्षले गदगद भएका छन ।


जनकपुरधामबाट भार लिएर पुस १८ गते प्रस्थान भएको थियो । भारत अयोध्याका लागि पठाइएको भार (उपहार) हुलाकी सडक भएर विरगंज पुगेको थियो । स्थानीवासीहरुमा देखिएको उमंग उत्साह अजुबा किसिमको थियो ।
भार लिएर अयोध्याको यात्रा तय गरिरहेका सहभागिहरुलाई बाराको गढीमाई मन्दिर स्थित रातको अढाई बजेमा पुगेको थियो । त्यो बेला पनि मान्छेमा उत्साह उमंग अर्कै प्रकारको देखिन्थ्यो। सनेस लिएर जानेहरुलाई गढीमाईको प्रसाद खुवाउने, गम्छा दिएर सम्मान गर्ने संगै उनिहरुले घरघरबाट लिएर आनउनु भएको भार जिम्मा लगाउने काम भएपछि लक्षित ठाउँमा पुग्न विदाई गरियो ।
जानकी मन्दिर प्राङ्गणमा विहिवार आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव लगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभयो ।
मिथिलाका परम्पराअनुसार छोरीको घरमा हुने कुनै शुभकार्य या घरवासक्रकममा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ। सोही परम्पराअनुसार राममन्दिर उद्घाटना अवसरमा सीता महारानीको माइतीपक्षबाट एक हजार एक सय एक भार पठाइएने उद्घोष भएको थियो ।
तर, नागरिकमा पाएको उत्साह उँमंगले झण्डै दुई गुणा बढी भार पठाएको थियो । भारमा विभिन्न प्रकारका आभूषण, भाँडा,वर्तन, कपडा, खजुरीया, पिरिकिया, मखान, लडु मिठाइलगायतका सनेस बाँसबाट निर्मित चङ्गेरमा सजाइएर राखिएको थियो । त्यसलाई पहिलो कपडामा समेत बाँधिएको थियो ।


राममन्दिरको पूजापाठ र मुतिको प्राण प्रतिष्ठालाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब साढे चार सय जनाको टोली प्रस्थान भएको थियो ।
जनकपुरधामबाट निस्को भार यात्रा जलेश्वरनाथ महादेवको साक्षि राख्दै त्यहाँबाट हुलाकी सडक भई अगाडी बढेको थियो ।
जलेश्वरबाट मनरा,सम्सी, संग्रामपुर हुँदै मलङ्गवा भार यात्रा पुगेको थियो । त्यहाँबाट कुडैना, गोडैता हुँदै धनकौल बहरहथवा सिम्रौनगढ, वाराको गढीमाई हुँदै बीरगंज पुगेको पुग्यो ।
बीरगंजबाट भारतको रक्सौल हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुर भई अयोध्या पुगेको थियो । यो एउटा ईतिहास चचिएको छ भने एउटा किर्तिमान कायम भएको छ ।
यसअघि निर्माणाधीन राममन्दिरको पूजापाठ तथा प्राणप्रतिष्ठामा अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो ।
विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको जल अयोध्या पठाइएको विश्व हिन्द्र परिषद्का जनकपुर अध्यक्ष संतोष साह ले बताउनु भयो ।
रामजन्म भुमि अयोध्यामा मन्दिर निर्माण सुरू भए लगतै गत वर्ष नेपालको कालीगण्डकी नदी किनारबाट दुईवटा शालीग्रामको शिला अयोध्या पठाइएको थियो । र एक वटा शालिग्राम जनकपुरमा राख्न लगायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले