रंजित चौरसिया, वीरगंज,
वीरगंज फाल्गुन २ गते । युवा जनशक्ति समाज नेपाल पर्साद्धारा सञ्चालित युवा जागरण अभियान अन्तर्गत आईतवार वीरगंज महानगरपालिका वडा नं. १९ बर्वागोगमा वडा स्तरिया युवा जागरण कमिटी गठन भएको छ ।
बर्वागोग स्थित श्री ने.रा.आधारभुत विद्यालयको प्राङ्गणमा भएको युवाहरुको भेलाले २५ सदस्यीय युवा जागरण कमिटी गठन भएको छ । स्थानिय युवा राजिव प्रसाद चौरसियाको संयोजकत्वमा जागरण कमिटी गठन भएको हो । जस्को सह–संयोजकमा अजय साह कानु र बब्लु प्रसाद यादव, सदस्यहरुमा रामाशंकर प्रसाद चौरसिया, अकलेश प्रसाद यादव, जय कुमार यादव, ललन प्रसाद यादव, मधुसुदन चौरसिया, सागर साह तेली, निरंजन साह कानु, हरिशंकर चौरसिया, दिनेश चौरसिया, बलिराम ठाकुर, जितेन्द्र कुशवाहा, रामेश्वर चौरसिया, नजिर मियाँ लगायत रहनु भएको छ ।
स्थानिय युवा मुन्ना ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले युवा समाज र राष्ट्रका अभिन्न अंग भएकाले सचेत भई संयमताका साथ अगाडि बढन आग्रह गर्नु भयो । युवाहरु छुटाछुटै भएर समाजको लागि काम गरिरहे पनि एकजुट भई समाजमा रहेका कुरिति, बिसंगती लगायतका कुप्रथाको विरुद्धमा लागे झनै प्रभावकारी र सफल हुने बताउनु भयो । नवनिर्मित कमिटीका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिदै युवाहरुको हरेक दुःख सुखमा युवा जनशक्ति समाज साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
सो अवसरमा युवा जनशक्ति समाज नेपालका उपाध्यक्ष नेहाल अहमद, सचिव जायेद हुसैन, युवा जागरण अभियानका सह–संयोजक संगित पाण्डे, अभियानका सदस्यहरु नन्दलाल ठाकुर, करण पटेल, विक्रम पटेल, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गर्नु भएको थियो ।
वीरगंज–१९ बर्वागोगमा युवा जागरण कमिटी गठन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
