कमल साह
जनकपुरधाम, पुष १० गते । भारतको अयोध्यमा भगवान रामजानकीको नवनीर्मित मन्दिरको घरबास संगै प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट ११ सय भार पठाउने भएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा जनकपुरधाम बाट अयोध्याका लागि तीन दिने भार यात्रा जाने तयारी भइरहेको छ । जनकपुरधामबाट जनवरी ३ को जाने भार अयोध्या जनवरी ६ पुर्याइने छ । भारमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न प्रकारका मिठाई समेत रह्ने सह महन्थ राामरोशन दासले बताउनु भयो ।
अयोध्या भार लिएर जाने बाटो समेत निर्धारण गरिएको छ । जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा र त्यहाँबाट सिम्रौनगढ, गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको जनाएको छ । त्यसको भोली पल्ट ८ बजे यात्रा प्रारम्भ हुनेछ । वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया, कुशी नगर, सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको जनाएको छ । अध्योध्या पुगेको भोली पल्ट ६ तारिखका दिन विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई ५०१ भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाले जानकारी गराउनु भयो ।
भार यात्राका लागि ११ सय सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ । त्यसको नेतृत्व जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले गर्नेछन् । र त्यस समितिको संरक्षक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई चयन गरिएको छ ।
भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा जनवरी २२ हुने कार्यक्रम घोषणा पहिले भइसकेको छ ।
रामजानकी को घरबासमा एघार सय भार पठाउने
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
