+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामजानकी को घरबासमा एघार सय भार पठाउने

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, पुष १० गते । भारतको अयोध्यमा भगवान रामजानकीको नवनीर्मित मन्दिरको घरबास संगै प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट ११ सय भार पठाउने भएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा जनकपुरधाम बाट अयोध्याका लागि तीन दिने भार यात्रा जाने तयारी भइरहेको छ । जनकपुरधामबाट जनवरी ३ को जाने भार अयोध्या जनवरी ६ पुर्याइने छ । भारमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न प्रकारका मिठाई समेत रह्ने सह महन्थ राामरोशन दासले बताउनु भयो ।
अयोध्या भार लिएर जाने बाटो समेत निर्धारण गरिएको छ । जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा र त्यहाँबाट सिम्रौनगढ, गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको जनाएको छ । त्यसको भोली पल्ट ८ बजे यात्रा प्रारम्भ हुनेछ । वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया, कुशी नगर, सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको जनाएको छ । अध्योध्या पुगेको भोली पल्ट ६ तारिखका दिन विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई ५०१ भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाले जानकारी गराउनु भयो ।
भार यात्राका लागि ११ सय सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ । त्यसको नेतृत्व जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले गर्नेछन् । र त्यस समितिको संरक्षक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई चयन गरिएको छ ।
भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा जनवरी २२ हुने कार्यक्रम घोषणा पहिले भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले