+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सिद्धार्थ शिशु सदनले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम मनाउदै र वृद्धाश्रम र बालाश्रममा बाँडे खाद्यान्न र स्टेशनरी

2 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस ८ गते । सिद्धार्थ शिशु सदनले ४३ औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम भव्यताका साथ मनाउदै र वृद्धाश्रम र बालाश्रममा खाद्यान्न र स्टेशनरी पनि बाँडने कार्यक्रम गरेका छन् ।

शिल्प (क्राफ्ट), रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, कम्प्यूटर प्रविधि प्रदर्शनी सहित खाद्यान्न मेला र अनाथ आश्रम, मानव सेवा आश्रम तथा वृद्धा आश्रमलाई सहयोग सहितका कार्यक्रम गरी सिद्धार्थले वार्षिकोत्सव मनाएको हो ।
शनिवार विद्यालयका शिक्षक, पत्रकार तथा शुभेच्छुक संघ संस्थाहरुलाई सम्मान सहित केक काटेर तीन दिने वार्षिकोत्सव कार्यक्रम सिद्धार्थले सम्पन्न गरेको हो ।
विद्यालयका संस्थापक चन्द्र देवानको नाममा फण्ड स्थापना गरी प्रत्येक वर्ष असहाय, जेहेन्दार विद्यार्थीलाई स्कर्लरसीपको माध्यमबाट सहयोग गर्ने तयारी अघि बढाइएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले जानकारी दिएका छन् ।
वार्षिकोत्सवको अवसरमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल यादवले भने सिद्धार्थ शिशु सदनले ४३ औँ वार्षिकोत्सवमा अहिलेसम्म कसैको नक्कल गरेको छैन ।
सिद्धार्थ शिशु सदनले ४३ औँ वार्षिकोत्सवमा गरेका शिक्षा निती र कार्यहरुको नक्कल अरु निजी विद्यालयले गर्दै आएको छ । विद्यालयका व्यवस्थापकीय निर्देशक शितल यादवका अनुसार तीन दिने वार्षिकोत्सव कार्यक्रम अन्तर्गत पहिलो दिन बुधवार रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी, दोश्रो दिन खाद्यान्न मेला र जानकी वृद्धाश्रम तथा कबीर बाल अनाथ आश्रमलाई सहयोग गरिएको छ ।
सिद्धार्थ शिशु सदनले जनकपुरधामको गुणस्तरीय शिक्षाका लागि छुट्टै ऐतिहासिक पहिचान स्थापित गरिसकेको र सिद्धार्थ शिशु सदन बाट पढेका विद्यार्थीहरु अहिले देश विदेशमा नाम कमाई रहेको समापन कार्यक्रममा बोल्दै प्रिन्सिपल सहितका अन्य वक्ताहरुले दाबी गरे ।


४३ औँ वार्षिकोत्सवको अवसर पारेर सिद्धार्थ शिशु सदनले समाजिक सहयोग अन्तर्गत जनकपुरस्थित रहेको जानकी वृद्धाश्रम र कविर अनाथालयमा खाद्यान्न समाग्री वितरण गरेको हो ।
स्कूलका सँचालक शितल यादवको विशेष उपस्थितिमा त्रिदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार सो समाग्रीहरु वितरण गरिएको हो ।
जानकी वृद्धाश्रममा ५० किलो चामल, ५ किलो गहुँको पीठो, ३ किलो रहर दाल, २० किलो आलु, ५ किलो चिनी, १ किलो चियापत्ति, ३ लिटर खाने तेल, ५ किलो नुन, डेढ दर्जन नुहाउने र कपडा धुने साबुन, १८ थान साडी, १३ थान टोपी, १३ थान मोजा, १३ थान गरी ब्रस र पेष्ट, ३ दर्जन विस्कुट, डेढ दर्जन चाउचाउ लगायतका समाग्री प्रदान गरेको हो ।


बालाश्रममा खाद्यान्न समाग्री सहित तीन दर्जन कापी, पेन, पेन्सील थप गरी अनाथाश्रममा समाग्री वितरण गरिएको हो । शनिबार अन्तिम दिन विद्यार्थीहरुको फुड प्रदर्शनी गरी त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको प्रिन्सीपल राजु यादवले बताएका छन् ।
सिद्धार्थ शिशु सदनले ४३ औँ वार्षिकोत्सवमा भव्यताका साथ मनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

2 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले