महिलावादी मंचद्वारा प्रदेश स्तरीय सम्मेल हुँदै
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,पुस ७ गते । सामाजिक रुपान्तरणका लागि महिला नेतृत्व नाराका साथ महिलावादी मंच ले शनिवारदेखि दुईदिने मधेश प्रदेश स्तरीय सम्मेलन गर्दैछ ।
महेन्द्रनारायण मिथिला संस्कृति भवनमा आयोजना हुन लागेको सम्मेलनमा झण्डै ४ सय जना को सहभागि हुने महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष श्याम कुमारी साह ले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनुषाको सुन्दर झा शास्त्री भवनमा आयोजित पत्रकार संगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनु भयो ।

यो भन्दा अघि २०७४ सालमा सिरहाको लहानमा महिलावादी मंचको प्रथम सम्मेलन भएको थियो । शनिवारदेखि आयोजना हुन लागेको मधेश प्रदेशका ८ वटै जिल्लाका स्थानियतहबाट निर्वाचित महिला प्रमुख र उप प्रमुखलाई सहभागि गराउनु लागेको जनाएको छ । साहका अनुसार सो सम्मेलनले श्रमको सवाल,श्रमिकलाई सुचिकृत गर्न,स्थानिय तहको विभिन्न समितिमा महिलालाई स्वीकार्न र निर्णायक तहमा पु¥याउनको लागि सहायक हुनेछ ।
महिलावादी मंच मधेश प्रदेशका अध्यक्ष अधिवक्ता रेखा झाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नेपाल पत्राकार महासंघ का केन्द्रिय सदस्य गायत्री मिश्र,नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायतले मन्तव्य राख्नु भयो ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
2 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
