मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ ३० गते । दुई साताअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका एक डिष्टिलरीका सञ्चालकको हत्या शेयर विवादमा सालोद्वारा भिनाजुको हत्या भएको खुलेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका– ७ निवासी प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए ।
आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सेयर लगानीसम्बन्धी विवाद हुँदा खातीले रेग्मीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
क्षिरेश्वरनाथ नगरपालिका ७ दुर्गा टोल बस्ने ३५ बर्षीय खातीले आफ्नै भिनाजुलाई अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गर्दा रेग्मीको ज्यान गएको मिश्रले बताए । हत्याको आरोपमा पक्राउ परेका खातीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
रक्सी व्यापारीको शेयर विवादमा सालोले भिनाजुको हत्या गराए
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
