कमल साह
जनकपुरधाम, मंसिर २२ गते । नेपाली पत्रकारिताका भीष्म पितामह प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा महोत्तरीको रतौली क्रिकेट टिम ७ विकेटले जीत हासिल गरेको छ ।
शुक्रवार धनुषाको ठेरा र महोत्तरीको रतौली क्रिकेट टिमबीच भएको खेलमा रतौली क्रिकेट टिमले दिएको १४९ रनको लक्षयलाई पछ्याउँदै ठेरा क्रिकेट टिमले ९१ रन बनाएर अल आउट भई सबै विकेट गुमाएर पराजित भएको छ।
टस जितेर ब्याटिङ गरेको रतौली क्रिकेट टिमले खेलेको आक्रामक खेल सबैका लागि आकर्षण बनेको थियो ।
उक्त खेलमा म्यान अफ दी म्याच अभिनन्दन ठाकुर घोषित गरिएको थियो ।
दूयुमती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनुभयो ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने शंखघोष गर्नु भएको छ ।
महामना राजेश्वर क्रिकेटको तेश्रो दिन रतौली बिजय
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
