+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

महामना राजेश्वर क्रिकेटको तेश्रो दिन रतौली बिजय

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, मंसिर २२ गते । नेपाली पत्रकारिताका भीष्म पितामह प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा महोत्तरीको रतौली क्रिकेट टिम ७ विकेटले जीत हासिल गरेको छ ।
शुक्रवार धनुषाको ठेरा र महोत्तरीको रतौली क्रिकेट टिमबीच भएको खेलमा रतौली क्रिकेट टिमले दिएको १४९ रनको लक्षयलाई पछ्याउँदै ठेरा क्रिकेट टिमले ९१ रन बनाएर अल आउट भई सबै विकेट गुमाएर पराजित भएको छ।
टस जितेर ब्याटिङ गरेको रतौली क्रिकेट टिमले खेलेको आक्रामक खेल सबैका लागि आकर्षण बनेको थियो ।
उक्त खेलमा म्यान अफ दी म्याच अभिनन्दन ठाकुर घोषित गरिएको थियो ।
दूयुमती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनुभयो ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने शंखघोष गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले