कमल साह
जनकपुरधाम, मंसिर २० गते । श्री राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट निर्माण भएको ११ हजार वर्गफिटको श्री सितारामको प्रतिमा प्रदर्शन हुनेछ ।
यो भन्दा पहिले अबध अर्थात अयोध्यामा ९ हजार वर्गफिटको अनाजबाट निर्मित प्रतिमा प्रदर्शन भएको थियो । जो गिनिज बुक अर्फ वल्र्डमा दर्ज भएको थियो । जुन रेकर्डलाई मिथिलामा निर्माण हुन लागेको रामजानकी प्रतिमाले तोडदै विश्वि किर्तिमान कायम गर्न लागेको छ । सो प्रतिमा निर्माण समितिका संयोजक जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठलाई बनाइएको छ । र सल्लाहकारमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साह रहेका छन् ।
अनाजबाट निर्माण हुने प्रतिमाले ३ कठ्ठा जमिन ओग्टने भएको ले ऐतिहासिक स्थल बाह्रबिघ्घा रंगभुमि मैदान बनाउन लागिएको छ । सो प्रतिमा रंगभुमि मैदानको उत्तरी पुर्वी कुणामा बनाईदै छ । प्रतिमा बनाईने स्थलमा आज छ ईन्च माटो भरेर समतल बनाई को छ । त्यस जमिनमा कार्पेट ओछयाएर प्रतिमा बनाइने छ । उक्त प्रतिमा भारत मध्य प्रदेशका कलाकार सतिश गुर्जर जनकपुरधाम आइपुगेको बताइएको छ ।
कुल ७२ क्वीन्टल अनाजबाट २१ लाख २३ हजारको लगानीमा बन्न लागेको प्रतिमा गिनिज बुक अफ वल्र्ड रेर्कडमा दर्ज हुने जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष एवं प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठ ले बताउनु भयो । यसअघि कलाकार गुजरले नै ले भारत उत्तर प्रदेशको अयोध्यामा ९ हजार वर्गफिटको प्रतिमा अनाजबाट बनाएर रेकर्ड बनाएको थियो । उहाँले आफै बनाएको रेर्कडलाई पहिलेको मिथिलांचल राज्यका राजधानी जनकपुरधाममा प्रतिमा बनाएर अर्को रेकर्ड बनाउन लागेका छन ।
संयोजक महासेठले कलाकारहरुले मेहनत खर्च नलिने र निःशुल्क प्रतिमा बनाउन लागेको जानकारी गराउनु भयो । उहाँले अनाजमा आवयश्क पर्ने २५ क्वीन्टल चामल जानकी मन्दिर, १८ क्वीन्टल कालो उरिदको दाल जनकपुर चिकित्सक एशोसिएसन, निजि अस्पताल सञ्चालक संघ धनुषाका अध्यक्ष डा. एसके सिंह सहितका संघ संस्था र व्यक्तिहरुले व्यवस्थापनको जिम्मा लिएको बताउनु भयो ।
जनकपुरधाम उद्योग बाणिज्य संघमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिश्व हिन्दु परिषदका धनुषा अध्यक्ष सन्तोष कुमार साह र संयोजक महासेठको नाममा संयुक्त खाता खोलेर आर्थिक संकलन भईरहेको छ । र कार्यक्रम सम्पन्न भएपछि यस्तै प्रकारबाट खर्च विवरण सार्वजानिक हुने व्यवस्थापन मिलाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले बताउनु भयो ।
अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी कार्यक्रम अन्य वर्ष झै मनाइनेछ । रंगभूमि मैदानमा अन्नबाट ११ हजार वर्गफिटको राम–जानकीको प्रतिमा बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।
मेयर साह भन्नुहुन्छ,‘ देशमा भोकमरी रहेको अवस्था मूर्ति बनाउने नाममा खेर फाल्नु कार्य गलत रहेको भनी व्यापक विरोध हुदै आएकोमा हो । त्यसमा ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशतलाई पिसाएर गौशालामा गाईबस्तुलाई खुवाइने छ ।’
विवाह पंचमी महोत्सवमा ७२ क्वीन्टल अनाज निर्मित श्री सितारामको प्रतिमा प्रदर्शन हुने प्रतिमा निर्माणमा २१ लाख २३ हजारको अनाज लाग्ने
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
