कमल साह
जनकपुरधाम,मंसिर १६ गते । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा यसवर्ष पनि धुमधामका साथ मनाउन थालिएको छ ।
मङ्सिर २६ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने निर्णय भएको छ । सो सप्ताहव्यापी महोत्सवमा मङ्सिर २६ गतेबाट नगरदर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, १ गते स्वयंम्बर तथा विवाह उत्सव तथा २ गते रामकलेवा (विदाई) हुने कार्यक्रम छ ।
प्रदेश सरकार निष्कृय
विवाह पंचमी महोत्सव कार्यक्रमा मधेश प्रदेश सरकार यो वर्ष निष्कृयता देखाएको छ । गतवर्षसम्म मधेश प्रदेश सरकारले विवाह पञ्चमीका लागि २० लाख बजेट विनियोजन गरेका थिए ।
विगतका वर्षहरुमा मधेश प्रदेश सरकारले विवाह महोत्सवको लागि १० लाख विनियोजन गर्दै आएको लाई यस वर्ष भंग गर्न पुगेको छ । प्रदेश सरकारको ध्यानाकर्षण विवाहपञ्चमी महोत्सव मूल समितिका अध्यक्ष एवं जानकी मन्दिरका महंथ राम तपेश्वर दास बैष्ण्व ले गर्नुभयो ।
त्रेता युगमा मिथिला नरेश राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आइ धनुष भङ्गगरी सीतासँग स्वयमवर हुनु स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ ।
धार्मिक ग्रन्थ रामायण अनुसार जनकपुरधाममा आयोजना गरिएको स्वयमवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।
विवाह पञ्चमी महोत्सव मनाउनको लागि आयोजित बैठकमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, जानकी मन्दिरका शिष्य रामरोशन दास, जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज साह, पर्यटन कार्यालय र सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
सो बैठक लगतै मंच व्यवस्थापन, मटकोर, जन्तीको स्वागत, विद्युत व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शौचालय एवं फोहोर सरसफाई लगायतको कामका लागि सरोकारवालहरु जुटिसकेका छन ।
विवाह पञ्चमी महोत्सवको विश्वका तिर्थयात्रीहरु जनकपुरधाम आउनु हुन्छ । अयोध्याका साधुसन्तहरु जन्तीको नेतृत्व गर्दै महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।
जनकपुरधामको ऐतिहासिक स्थल रंगभूमि बाह्रबिघा मैदानमा हुने सीताराम स्वयंम्बरमा दुवै पक्षको सहभागी हुन्छ ।
जानकी दरबार (जानकी मन्दिर) बाट निस्केको जानकी जी को डोला र राम दरबार (राम मन्दिर)बाट राम जी को डोला बाह्रबिघामा पुगेपछि स्वयंम्बर कार्यक्रम आयोजना हुन्छन । त्यस स्वयंम्बर कार्यक्रममा तिर्थयात्रीहरु सहभागी हुने गर्दछन ।
सीताराम विवाह महोत्सवको तयारी व्यापक
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
