सीताराम विवाह महोत्सवको तयारी व्यापक
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,मंसिर १६ गते । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा यसवर्ष पनि धुमधामका साथ मनाउन थालिएको छ ।
मङ्सिर २६ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने निर्णय भएको छ । सो सप्ताहव्यापी महोत्सवमा मङ्सिर २६ गतेबाट नगरदर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, १ गते स्वयंम्बर तथा विवाह उत्सव तथा २ गते रामकलेवा (विदाई) हुने कार्यक्रम छ ।
प्रदेश सरकार निष्कृय
विवाह पंचमी महोत्सव कार्यक्रमा मधेश प्रदेश सरकार यो वर्ष निष्कृयता देखाएको छ । गतवर्षसम्म मधेश प्रदेश सरकारले विवाह पञ्चमीका लागि २० लाख बजेट विनियोजन गरेका थिए ।
विगतका वर्षहरुमा मधेश प्रदेश सरकारले विवाह महोत्सवको लागि १० लाख विनियोजन गर्दै आएको लाई यस वर्ष भंग गर्न पुगेको छ । प्रदेश सरकारको ध्यानाकर्षण विवाहपञ्चमी महोत्सव मूल समितिका अध्यक्ष एवं जानकी मन्दिरका महंथ राम तपेश्वर दास बैष्ण्व ले गर्नुभयो ।
त्रेता युगमा मिथिला नरेश राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आइ धनुष भङ्गगरी सीतासँग स्वयमवर हुनु स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ ।
धार्मिक ग्रन्थ रामायण अनुसार जनकपुरधाममा आयोजना गरिएको स्वयमवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।
विवाह पञ्चमी महोत्सव मनाउनको लागि आयोजित बैठकमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, जानकी मन्दिरका शिष्य रामरोशन दास, जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज साह, पर्यटन कार्यालय र सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
सो बैठक लगतै मंच व्यवस्थापन, मटकोर, जन्तीको स्वागत, विद्युत व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शौचालय एवं फोहोर सरसफाई लगायतको कामका लागि सरोकारवालहरु जुटिसकेका छन ।
विवाह पञ्चमी महोत्सवको विश्वका तिर्थयात्रीहरु जनकपुरधाम आउनु हुन्छ । अयोध्याका साधुसन्तहरु जन्तीको नेतृत्व गर्दै महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।
जनकपुरधामको ऐतिहासिक स्थल रंगभूमि बाह्रबिघा मैदानमा हुने सीताराम स्वयंम्बरमा दुवै पक्षको सहभागी हुन्छ ।
जानकी दरबार (जानकी मन्दिर) बाट निस्केको जानकी जी को डोला र राम दरबार (राम मन्दिर)बाट राम जी को डोला बाह्रबिघामा पुगेपछि स्वयंम्बर कार्यक्रम आयोजना हुन्छन । त्यस स्वयंम्बर कार्यक्रममा तिर्थयात्रीहरु सहभागी हुने गर्दछन ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
13 घन्टा पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
1 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
2 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
2 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
3 दिन पहिले