कमल साह
जनकपुरधाम, मंसिर १३ गते । महामना राजेश्वर नेपालीज्यूको आज तेश्रो छायाको अवसर खेलकुद सामग्री तथा राजेश्वर नेपाली टि–२० क्रिकेट टुर्नामेन्ट कार्यक्रमको घोषण गरिएको छ ।
श्री गोविन्द सेवा समितिको आयोजनामा तथा जनकपुरधाम उपमहानगर पालिका वडा नं.२३ को सहयोगमा २०८० मंसिर २० गतेदेखि निर्माणाधीन रवीन्द्र मेमोरियल होस्पिटलको पछाडी हुने सो खेलमा २५ वटै वडा तथा अन्य जिल्लाका खेलाडीहरुलाई सहभागिताकोलागि आह्वान गरिने वडा अध्यक्षत राघवेन्द्र साहले वताए ।
खेलाडीहरुलाई सामग्री वितरण गर्दै प्रमुख अतिथि जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज कुमार साहले युवाहरुलाई गलत क्रियाकलापमा नलागि युवा शक्तिलाई राष्ट्रको नाम उच्च गर्ने क्रियाकलापमा लागनकालागि जोड दिनु भयो ।
उंहाले वडा नं. २३मा रहेको १२ विघा जग्गालाई संरक्षण गर्नकालागि जनकपुरधाम उपमहानगर पालिकाको २५ वटै वडा मा निर्माण गरिने खेल मैदान अन्तर्गत वडा नं २३ का वडा अध्यक्षत राघवेन्द्र साहको सक्रियता र सहयोगमा खेल मैदान निर्माण गर्नेमा समेत जोड दिनु भयो ।
वडा अध्यक्ष राघेवन्द्र साहले अध्यक्षत गर्दै भन्नु भयो युवा शिक्तिलाई राष्ट्रको मेरु दण्डका रुपमा अगाडि वढाउनकालागि र नशामुक्त समाज निर्माण गर्नकालागि युवाहरुको प्रोत्साहनकालागि आज खेल सामग्री वितरण गरिएको छ ।
समाजका युवाहरु गलत दिशातिर गइरहेकोले युवाशक्तिले खेलको माध्यमवाट वडा, नगर, प्रदेश, देशको विश्वमा फैलाओस भन्नेमो उंहाले जोड दिनु भयो । उंहाले महामना राजेश्वरको नेपालको नाममा खेल मैदान निर्माण गरिनेमा समेत जोड दिनु भयो ।
वडा अध्यक्ष राघवेन्द्र साहको अध्यक्षताम भएको सो कार्यक्रम प्रा.रमेश कुमार साहले स्वागत भाषण गरेका थिए भने पत्रकार श्रीनारायण साहले उद्घोषण गरेका थिए ।
कार्यक्रमा श्री गोविन्द सेवा समितिका पूर्व अध्यक्ष रामेश्वर साह, वडा सस्दय मोहिनुद्दिन राइन, प्रा.सुरेश साह, डा.शम्भु साह, इं.मनोज कुमार महतो, श्री गोविन्द सेवा समितिका सचिवन कैलाश साह,ईं मुकेश साह,मो.सफिकुल्ला राईन, मो.सरफुदिन राईन, वेचन मुखिया, क्रिकेट टिमका खेलाडीहरु कप्तान, जीवछ साह, खुर्सेद राईन, सतार राईन, संजय साह लगायतका खेलाडीहरुको सहभागिता रहेको थियो ।
महामना राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट मंसिर २० देखि हुने
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
6 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
