आज नहान खानसंगै छठ पर्व आरम्भी
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, कार्तिक ३० गते । मिथिलांचलको सर्वश्रेष्ठ पर्व ‘छठ’ नहानखानसंग आजबाट जनकपुरधाम सहितको ठाउँमा आरम्भ भएको छ ।
ब्रतिहरु आज एका बिहानै नंग कटाई स्नानगरेर पुजा पाठ पश्चात् बिना लसुन प्याजबाट निर्मित तरकारी र अरुवा चावल तथा गहुँबाट बनाएको परिकारहरु खाएर छठ पर्व आरम्भ गरेका छन ।
छठ पर्व मनाउनको लागि जनकपुरधामको धार्मिक,ऐतिहासिक लगायतका सरोवरहरु बेहुली झैं सजाउने कार्य जारी रहेका छन । जनकपुरधाममा छठ पर्व धुमधामका साथ मनाइने चलन रहेको छ ।
जनकपुरधामको गंगासागर, अंगराजसर, धनुषसागर, रत्नसागर, अग्निकुण्ड,लक्ष्मण सरोबर,रुकमणी सर, दुधमति नदी लगायतमा बनाएको घाटहरु सजावट गरिदैछन ।
छठमा नयाँ छैटी,नांग्लो,गाग्रो,फलफुल लगायतका ७० प्रकारका सामाग्रीहरूको प्रयोग गरिने भएकाले ब्रति परिवारका सदस्यहरुले एक महिना अघिदेखि नै पूजा सामाग्रीको बन्दोबस्त गरिरहेका छन् ।
कार्तिक शुक्लपक्ष चतुर्थी तिथिबाट छठ पर्वको मुख्य विधि शुरु हुने यस पर्वमा बाँसको सामाग्री तथा माटोको भाडा वर्तनहरूको बिक्री एक महिना अगाडी देखि नै शुरु भइसकेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
