कमल साह
जनकपुरधाम, कार्तिक ३० गते । मिथिलांचलको सर्वश्रेष्ठ पर्व ‘छठ’ नहानखानसंग आजबाट जनकपुरधाम सहितको ठाउँमा आरम्भ भएको छ ।
ब्रतिहरु आज एका बिहानै नंग कटाई स्नानगरेर पुजा पाठ पश्चात् बिना लसुन प्याजबाट निर्मित तरकारी र अरुवा चावल तथा गहुँबाट बनाएको परिकारहरु खाएर छठ पर्व आरम्भ गरेका छन ।
छठ पर्व मनाउनको लागि जनकपुरधामको धार्मिक,ऐतिहासिक लगायतका सरोवरहरु बेहुली झैं सजाउने कार्य जारी रहेका छन । जनकपुरधाममा छठ पर्व धुमधामका साथ मनाइने चलन रहेको छ ।
जनकपुरधामको गंगासागर, अंगराजसर, धनुषसागर, रत्नसागर, अग्निकुण्ड,लक्ष्मण सरोबर,रुकमणी सर, दुधमति नदी लगायतमा बनाएको घाटहरु सजावट गरिदैछन ।
छठमा नयाँ छैटी,नांग्लो,गाग्रो,फलफुल लगायतका ७० प्रकारका सामाग्रीहरूको प्रयोग गरिने भएकाले ब्रति परिवारका सदस्यहरुले एक महिना अघिदेखि नै पूजा सामाग्रीको बन्दोबस्त गरिरहेका छन् ।
कार्तिक शुक्लपक्ष चतुर्थी तिथिबाट छठ पर्वको मुख्य विधि शुरु हुने यस पर्वमा बाँसको सामाग्री तथा माटोको भाडा वर्तनहरूको बिक्री एक महिना अगाडी देखि नै शुरु भइसकेको छ ।
आज नहान खानसंगै छठ पर्व आरम्भी
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
