मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक २९ गते । प्रत्येक साल जस्तै यस यस वर्ष पनि समाजसेवी श्रीमती साहले छठ ब्रतालुहरुलाई पूजाको समाग्री बितरण गरेका छन् ।
जनकपुरधाम उप–महानगरपालिका वार्ड न.–१४ मुजेलियामा बस्ने अति–बिपन्न परिवारहरुलाई समाज सेवी स्व. फुलगेन साहका धर्म पत्नी श्रीमती रामरति साहले वार्ड न.–१४ मा बस्ने अति– बिपन्न परिवारहरुलाई छठ ब्रतालुहरुलाई छठ पूजाका सामाग्रीहरु साथ साडी सेट–१, मिठा–१ केजि, चामल–२ केजि, गेहु–२ केजि, नगदी रु २०५।– इत्यादि लगाइतका ९ जना ब्रतालुहरुलाई सामाग्रीहरु वितरण गरेका छन् ।
यस वर्ष छठ पूजा सामाग्री वितरण कार्यक्रममा ज.उ.म.न.पा.वार्ड–१४ मुजेलियाका वार्ड सदस्य रमेश साह, भु.पु वाडा अध्यक्ष श्री प्रसाद यादव, मोहन यादव, भु.पु.वार्ड सदस्य बिन्देश्वर यादव, उपेन्द्र बिमल साह , स्थानीय सीता शरण यादव, ई. धिरेन्द्र साह, राम स्नेही साह, भागचरण यादव, राम दत्त ठाकुर लगायत साह परिवार बाट विद्याकर प्रसाद साह, श्रीमती आशा देवी साह, गायत्री प्रसाद साह, श्री मति मिना साह, मुन्नी देवी, योगिता साह, कपिश साह, जिशान्त साह लगायत बिभिन्न व्यक्तिहरु उपस्थिति रहेको थियो ।
