जनकपुरधाममा अन्नकुट पर्वमय
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, कार्तिक २९ गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि मंगलबार का दिन जनकपुरधाम स्थित का मठ मन्दिरमा भव्यता पूर्वक अन्नकुट(छपन्न भोग) पर्व मनाईएको छ । यसपाली सिंगो जनकपुरधाम अन्नकुटमय भएको छ।
भगवान् श्रीराम लङ्कामा विजय हाँसिल गरेर श्री सीता महारानी सहित अयोध्या फर्किनु भएको खुशीयाली अवसरमा यहाँका मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाईएको छ ।
यसमा भगवानलाई अर्पण गर्नका लागि ५६ प्रकारका बेन्जनहरु तयार पार्ने चलन रहेको छ । यसमा तयार पारेका बेन्जनहरु भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा खुवाउने चलन पनि रहेको छ ।
अन्नकुटमा प्रयोग हुने अधिकांश सामाग्रीहरू कृषि कर्मबाट उत्पादित रहने गरेको छ । नयाँ खाद्यान्नहरू यसमा बढी प्रयोग गर्ने चलन रहेको छ ।
देवनगरी जनकपुरधामको जानकी दरबार, राम जी को दरबार,नेपाल को राज पलवैया भनेर चिन्ने तथा जानिने श्री गोविन्द दरवार ( गोविन्द मन्दिर बेला),जनक मन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर सहितको मठ मन्दिरहरूमा भव्य रुपमा मनाईएको छ ।
.jpg)
श्री राम दरबार अर्थात ् स्वर्ण मण्डप राम मंदिर मा दुई पल्ट अन्नकुट मनायो।दिउँसो राम जी लाई र राति माता राजदेवी को भोजराज गरेर मनाईयो ।
जनकपुरधाममा हुने अन्नकुटको प्रसाद ग्रहण गर्नका लागि ठूला ठूला व्यक्तिहरू आफै मन्दिर पुग्ने गरेका छन् ।
जनकपुरधामको राजदेवी माता मन्दिर, जनकपुरधाम –२३ बेला गाउ स्थित श्री गोविन्द मन्दिर, प्रख्यात सीताकुण्डमा हजारौँ भक्तजनहरूले प्रसाद ग्रहण गरेका हुन।
सीता कुण्डका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले भन्नुहुन्छ, एकपटक निम्तो र हकार दिएपछि भक्तहरू अर्को वर्ष देखि आफै वर्षै पिच्छे प्रसाद ग्रहणका लागि आउने गरेका हुन्छन ।
अन्नकुट राम मन्दिरमा मंगलवार दिउँसो र अन्य मन्दिरमा साँझ पछि अन्नकुटको भोग तथा प्रसाद वितरण हुने गरेको थियो ।
राम युवा कमिटी ,महावीर युवा कमिटी ,गोविन्द सेवा समिति लगायतले अन्नकुट मनाउन लागेपछि जनकपुर धाम छपन्न भोगमय भएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
