मधेश मानसद्धारा जनकपुर एक दिवसीय अन्तक्रिया आयोजना हुुदै
2 वर्ष पहिले प्रकाशित
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक २९ गते । मधेश मानस संस्थाले जनकपुरधाममा आउदो शुक्रवार एक दिवसीय अन्तक्रिया कार्यक्रम आयोजना गर्दै छ ।
मधेशको समाजिक, राजनितीक र संस्कृति सम्बन्धमा अध्यान अनुसन्धानका लागी खोखिएका मधेश मानस संस्थाले छठ पर्वको रमझममा जनकपुरधामको गंगासागर पोखरी डिलमा एक दिवसीय कार्यक्रम गर्ने आयोजक मनोज साहले बताए ।
छठ पर्वको नाह्य खाय (नुहएर चोखो बन्ने) दिनमा उक्त संस्थाले २५ बर्ष पछिको जनकपुरधाम, मधेश राजनितीमा देखिएको निराशा भित्रको आशा र छठको समाजिक तथा संस्कृतिक महत्व माथी अन्तक्रिया कार्यक्रम गर्न लागेको पत्रकार नवीन झाले बताए ।
२५ बर्ष पछिको जनकपुरधाम शिर्षकको अन्तक्रियामा मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह सहित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह र प्रदेश पुर्व निती आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा वक्तारुपमा रह्ने आयोजकले जानकारी दिए।
त्यसैगरि मधेश राजनिती भित्रको निराशा भित्रको आशा शिर्षकमा मधेश प्रदेशका पुर्वमन्त्री ज्ञानेन्द्र यादव सहित नेतृ विभा ठाकुर, राजनितीक विश्लेषक राकेश मिश्र र मास नाम संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा रह्ने छन ।
यस्तै छठको समाजिक तथा संस्कृतिक महत्व बारेको शिर्षकमा प्रसिद्ध लेखक तथा विचारक सिके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
मधेशको समाजिक, राजनितिक र संस्कृतिक क्षेत्र बारेमा अध्यन तथा अनुसन्धान गर्ने उदेश्यले हालैमा लेखक तथा समाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झाले मधेश मानस नाम संस्था खोलेका छन । यो संस्थाले मधेश अगामीले अगामी दिनमा थप परिस्कृत हुदै मधेशका सम्पुर्ण पक्षहरु माथी अध्यान, अनुसन्धान तथा बहस जारी राख्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
2 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
संवाददाता
संवाददाता
