निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १८ गते । अपाङ्गता भएकाहरुको अवस्थाको पहिचानसहित उपचार र पुनः स्थापनामा राज्यले विशेष जोड दिएर नीति बनाउनुपर्नेमा सरोकार पक्षले जोड दिनुभएको छ ।
ह्यान्डिक्याप इन्टरन्यास्नल (Handicap international) को साझेदारी , राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा जनकपुरधाममा स्वास्थ्य सम्बन्धि पुनस्थापना सेवाका लागी अन्तरक्रिया कार्यक्रममा सहभागीले आफ्नो अनुभव सुनाउँदै नीतिगत सम्बोधनका लागि सुझाव दिएका छन् ।
प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले विशेष गरी नियमित औषधि सेवन गर्नेहरुका लागि आर्थिक समस्या, अपाङ्गमैत्री अस्पतालको अभावमा सहज स्वास्थ्य पहुँच अभाव, अस्पतालमा दोभासे नहुँदा असहजता, स्वास्थ्य बीमा निश्चित अस्पतालमा मात्र हुँदा सेवा उपभोगमा समस्या, अपाङ्गता महिलाका प्रजनन स्वास्थ्यमा देखिएको जटिलता भएको बताए ।
परिवारका दुवै वा एक व्यक्ति अपाङ्गता छन् भने उनीहरुका सन्तानको स्वास्थ्योपचारमा प्रदेश सरकारले विशेष नीति ल्याउने बताए ।
मन्त्री सहले अपंगताहरु कसरी सहयोग गर्न सक्ने ऐनकानुन र न्यमाबली ल्याएर अपाङ्गहरुलाइ मजबुत बनाउने प्रतिबद्धता जनाए।
त्यसैगरी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व अध्यक्ष तथा अपाङ्गता बिज्ञ डा.बिरेन्द्रराज पोख्रेलले स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवा संग सम्बन्धित कानुनि ब्यबस्था, कार्यान्वयनको आवस्था, संघिय,प्रदेश र स्थानीय सरकारको यसका लागि खेल्नु पर्ने भूमिका लगायत अबको प्रथामिकता बारेमा प्रस्तुति गरे।
अपाङ्गताको अधिकारसम्बन्धी महासन्धिको धारा २५ मा उल्लिखित बुँदा, नेपालको संविधानमा उल्लिखित स्वास्थ्य नीति, अपाङ्गताका विषय र समस्या, उद्देश्य, नीति, रणनीतिसहित अपेक्षित उपलब्धि बारेमा पुर्व अध्यक्ष डा.पोख्रेलले प्रष्ट समेत गरे ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल , मधेस प्रदेश प्रदेशका अध्यक्ष किरण कुमार पासवानले अपाङ्गता व्यक्तिका लागि प्रादेशिक स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने बताए ।
अध्यक्ष पासवानले सातवटा प्रदेश मध्य ६ वटा प्रदेशमा निर्देश समिति गठन भइसकेको तर मधेस प्रदेशमा मात्रै गठन नहुन दुःखद रहेको बताए ।
अरु प्रदेशमा संघीय मन्त्रालयबाट बजेट आउँदा सहजरूपमा निकासा भएर धमाधम काम भइरहेको तर मधेस प्रदेश सबै बजेट फ्रीज हुनुको कारण केहोला अध्यक्ष पासवानले प्रश्न गरे ।
कार्यक्रममा उदेश्य माथी प्रकाश मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजिव झा र छय, कुष्ट रोग अधिकृत राजविर यादवले प्रदेशमा स्वास्थ्य नीति निर्माणका लागि अघि बढेका अवस्थामा अपाङ्गता भएकाको स्वास्थ्य र पुनःस्थापनाका विषयलाई विशिष्टीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए।
जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहले अपाङ्गता भएका व्यक्ति सहज रुपमा स्वास्थ्य पहुँचमा पुग्न नसक्दा थुप्रै मानसिक समस्या देखिने गरेको जनाउँदै यसतर्फ पनि नीतिगत रुपमै सम्बोधन हुनुपर्ने बताए ।
परियोजना संयोजक सन्दीप विकले दश वर्षे स्वास्थ्य रणनीति बन्दै गर्दा अपाङ्गताका स्वास्थ्य र पुनःस्थापनाका विषय पनि समेटेर नीति बनाउनुपर्ने उद्देश्यले सुझाव सङ्कलनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
न्यूनदृष्टियुक्त, सुस्त श्रवणयुक्त, अटिज्म, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, हेमोफिलियाग्रस्तलगायत सहभागी रहेको र तिनले आआफ्ना क्षेत्रको समस्यासहित सुझाव दिए ।
कार्यक्रममा परियोजना अधिकृत मधु गुप्ता, प्रदेश व्यवस्थापक प्रकाश नेपाली , देव कुमारी खत्री लगायतका उपस्थिति थियो ।
अपाङ्गताहरुको अवस्थाको पहिचानसहित उपचार र पुनः स्थापनामा नीति बनाउनुपर्नेमा सरोकारबलाको जोड
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
