कमल साह
जनकपुरधाम,कार्तिक १५ गते । देवभूमि जनकपुरधाममा यही कार्तिक २२ गतेदेखि तीन दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने लागेको छ ।
जानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सो अन्तारष्ट्रिय सम्मेलनमा विश्वका २५ राष्ट्रबाट झण्डै ७ सय आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको सहभागिता हुने आयोजक संस्थाका संयोजक डा.राकेश सिंह ले जानकारी गराउनु भयो ।
जनकपुरधामको ऐतिहासिक स्थल तिरहुतियागाछी स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने संयोजक डा. राकेश कुमार सिंहले अगाडी भन्नुभयो ।
ब्रह्म भूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन र ब्रह्म भूमि आयुर्विज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भूटान, बङ्गलादेश, श्रीलङ्का, अस्ट्रेलिया, जर्मनी सहितका अधिकांश यूरोपेली राष्ट्रहरूको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा. सिंहले जानकारी गराउनुभयो ।
कार्यक्रममा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तु सहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । त्यस अवसरमा नेपालमा आयुर्वेदको क्षेत्रमा लगानीबारे पनि छलफल हुनेछ ।
सम्मेलनले जनकपुरधामको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने विश्वास रहेको दासले बताउनुभयो ।
मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेय ले जनकपुरधाम उपमहानगरपालिकामा डा. राकेश कुमार सिंह को सक्रियता हुन लागेको अन्तर्राष्ट्रि आयुर्वेद सम्मेदनमा एक से एक आयुर्वेदाचार्यहरुको जमघट हुनलागेको हाम्रो लागि सौभाग्य हो बताउँदै यस सम्मेलनले आयुर्वेद के हो,अष्टांग आयुर्वेद,विश्वका लागि चालेन्ज बन्दै गएका मधुमेह,थाईराईड,क्यान्सर बारेमा चर्चा हुने र त्यस रोगको निदानको बारेमा समेत बहस हुने जनाउनु भयो ।
अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनका संयोजक डा. सिंहका अनुसार सो सम्मेलनमा महिलामा हुने बाँझपन, वाललगायतका रोगहरुको बारेमा बहस हुने जनाउनु भयो ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन जनकपुरमा हुँदै,
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
16 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
