कमल साह
जनकपुरधाम,कार्तिक २ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ–आफ्नो तेजस्वी शक्तिबाट महादेवी, महाकाली, महागौरी, चामुण्डा लगायतका नामबाट दुर्गा माताको उत्पति भएको धर्मग्रन्थमा उल्लेखित छ ।
तर, दुर्गापूजाको अवसरमा हामी महिला नै राजदेवी माताको दर्शन गर्न पाउँदैनौ । यो कस्तो विडम्बना रहेको अधिवक्ता रेखा झा ले बताउँछिन ।
ऐतिहासिक नगर जनकपुरधामको प्रतिक राममन्दिर र जानकी मन्दिरलाई मान्दै आएको हो । त्यसमा राम मन्दिर स्थित शक्तिस्वरुपा माता राजदेवीको वास स्थल रहेको छ ।
महिमा गरिमा तथा प्रभावशाली, दयालु तथा कृपालु माता हो भनि समाजमा राम्रो मान्यता रहेको छ । राजदेवी मातालाई सँधै पूजापाठ तथा दर्शन पूजनगर्दै आएको महिलालाई दुर्गापूजाको अवसरमा प्रत्यक्ष दर्शन गर्नबाट रोकिएको छ ।
महिलालाई प्रत्यक्ष दर्शन पुजन गर्नमा रोक उहिल्येदेखि लगाएको हो । उनिहरु दर्शन पुजन गर्न पाउने ठाउँमा झ्याल समेत बन्द गरिन्छ ।
त्यसबारेमा राममन्दिरका महंथ राम गिरी भन्छन– हामीले महिलालाई दर्शन गर्नबाट रोकेको छैन । यो प्रचलन कुन वेलादेखी चलेको हो कसैलाई थाह छैन । परम्परा तोडदा केहि भयो भने जिम्मेवारी कस्ले लिने हो ।
राम मन्दिरका मंहथ गिरीले अगाडी भन्नुभयो, ‘रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हुनसक्छ ।
उनि अगाडी थप्छन, ‘राजदेवी माताको तान्त्रिक विधिबाट पूजा हुने भएकाले महिलालाई गहवर भित्रमा प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’
माता महिला रहेकी छिन र एक महिलाले अर्को महिलालाई दर्शनगर्न नपाउनु प्रति अवश्य सामन्ति प्रवृतिको उपज हो आरोप गृहणीहरु बताउँछिन ।
धर्मग्रन्थमा महिलालाई संरक्षक सृजनाकर्ता मान्दै आएको ठाउँमा कसरी बोक्सीहुन सक्छ विचार राख्दैे समाजमा कसैबाट बदला लिनु परेको हुन्छ भने बोक्सीको आरोप लगाई कुटपीट गर्नु सजिलो उपाय रहेको छ ।
श्रद्धा भक्ति तथा आस्था पुर्वक मान्दै आएको राजदेवी मातालाई बडादशै ताका दर्शन पूजनमा रोक लगाएको राम्रो होइन । तर, केही दुष्ट प्रवृतिको महिलाले मातालाई रिझाउन सफल भएमा अनिष्टकारी सिद्धहुने श्रृतिपुराणमा उल्लेख हुँदै आएको छ ।
महंथ गिरी अगाडी थप्नुहुन्छ, २०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोक्नु भएको थियो। बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि जनश्रृति रहेको हो उहाँ बताउनु हुन्छ ।
अधिवक्ता झा भन्छिन–पहिलाका व्यक्तिहरु अज्ञानी र अशिक्षित रहेको थिए । स्वास्थ्य सम्बन्धी समाजमा चेतना थिएन । औषधी थिएन तथा स्वास्थ्यकर्मीको अभाव रहदै आएको हुनाले मान्छेको मृत्यु निकै हुने गरेको थियो । त्यसवेला कुनै व्यक्तिको मृत्यु हुँदा फलानो ठाउँको देवी लाग्न गएको वा चिलानो महिला बोक्सी छिन ।
उनले नै मारिदिएको हो भनि आरोप लगाउँदै आएको थियो । र समाजले पनि मान्यता दिंदै आएका थिए । तर, आजकाल विज्ञानले सावित गरिदिए छ कि त्यो रोगबाट लाग्न गरेको हुन्छ । उनले हामी राजदेवी मातालाई हेर्न तथा दर्शन गर्न पाउनु पर्छ भनेर अधिकार मांग्दै छिन ।
वडा दशैंसगै राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु किन बंचित हुन्छिन?
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
