स्वदेशमा लगानी गर्न युवा उपाध्यक्षका उम्मेदवार बासिदको आग्रह
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, असोज २१ गते । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को वर्तमान युवा संयोजक अब्दुल बासिद ले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘म लामो समयदेखी कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ ।’
गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्षमा तपाईंहरु मलाई निर्वाचित गर्नुभयो बताउँदै उहाँले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्नेछु थप्नुहुन्छ। उहाँले भन्नुभयो, ‘कर्मथलो विदेश भए पनि मातृभूमी नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु ।’ साथै विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न समेत उहाँ आग्रह गनुहुन्छु ।
उहाँ अगाडी थप्नुहुन्छ,‘बिगतमा मैले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायतका संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहन्छु ।’
उहाँले युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता मेरो मूल मुद्दाहरु हुन् बताउनु हुन्छ ।
आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको उहाँ थप्नुहुन्छ ।
अन्तमा गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्षमा मलाई जिताएर सबैले सघाउनु हुने उहाँ विश्वास व्यक्त गर्नुहुन्छ ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
19 मिनट पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
3 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
