वरिष्ठ पत्रकार महामाना स्व. राजेश्वर नेपाली प्रति काव्यात्मक श्रद्धांजलि
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, असोज २१ । नेपाली पत्रकारीताको स्तम्भ वरिष्ठ पत्रकार, साहित्यकार तथा प्रेस स्वतन्त्रता सेनानी स्व. राजेश्वर नेपालीको स्मरणमा शनिवार उहाँ प्रति काव्यात्मक श्रद्धांजलि सभा आयोजना गरिएको छ ।
सो सभाका प्रमुख अतिथी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले वरिष्ठ पत्रकार राजेश्वर नेपाली पत्रकार र साहित्यकार मात्र होईनकि क्रान्ति योद्धा,समाज निर्माणक अगुवापनि रहनु भएको बताउनु भयो ।
सभामुख मण्डलले उहाँले समाजका लागि गर्नुभएको योगदानलाई मात्र शब्दमा व्याख्या गर्न सक्दैनन् बताउँदै समाजका शिखर स्तम्भ नेपाली जी ले देखाउनु भएको बाटोलाई आफुले अंगिकार गर्दै गएमा मात्र उनी प्रतिको सच्चा श्रद्धांजलि हुने बताउनु भयो ।
मैथिली सल्लाहकार सभा जनकपुरधाम द्वारा नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित काव्यात्मक श्रद्धांजलि सभा वरिष्ठ पत्रकार स्व. नेपालीको ४० औं दिन अवसरमा आयोजना गरिएको छ । सो सभामा उपस्थित श्रष्टाहरुले स्व. नेपाली को स्मरणमा काव्यात्मक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
धनुषा,महोत्तरी र सीमापारी सीतामढी जिल्लाबाट आउनु भएको कविहरुले स्व. नेपालीको जन्मदेखि उनको पत्रकारिता, साहसिक कदमहरु, राजनीतिक परिवर्तनमा खेल्नु भएकोे भुमिका तथा जेल नेल भोग्नु भएको र त्यहाँ भोगको समस्याहरुलाई समेत कविताको माध्यमबाट कविहरुले उठान गर्नुभयो ।
स्व. नेपाली भोग्नु भएको समस्याहरु संगै उनको अन्तिम छनसम्मका अन्त्य मार्मिक तरिकाबाट आ–आफना कविताका पंक्तिहरुमा उतारेका कविताहरु प्रस्तुत गर्नुभयो । सभा प्रस्तुत गरिएको हरेक कविताले स्व.नेपालीलाई जिवन्त पारेको बुमिmन्छ ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, भारत विहार सितामढी जिल्ला अन्तर्गत बथनाहा गाउँका वरिष्ठ साहित्यकार तथा जनवादी लेखक कमरुद्दिन नदाफ, सितामढीको श्रृखण्डी भिठ्ठाका साहित्यकार अरुणमाला, मैथिली सल्लाहकार सभाका निवर्तमान अध्यक्ष प्रेम विदेह ललन, सुधा कर्ण, सवनम खातुन, बिनिता कर्ण,चन्द्रशेखर राय,रामस्वार्थ ठाकुर गान्धि बाबा,मनोज प्रमेश,श्रीनारायण साह,राघवेन्द्र साह,अरुण राउत,राजेश महतो,भोगेन्द्र लाल कार्ण,रघु राजेश,संत सत्यनारायण आलोक,उदय कुमार यदुवंशी,नागेश्वर मण्डल,पूर्व प्रधान अध्यापक सूर्य देवसाह, राजेन्द्र ललन लगायतले कविता बाचन गर्नुभयो ।
.jpg)
सो समारोहमा मधेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव ले नेपाली पत्रकारीताको पिताम्ह हुनुहुन्थ्यो भन्नुभयो । वरिष्ठ अधिवक्ता युगलकिशोर लाल ले स्व. नेपाली समाजका लागि चित्रकार हुनुहुन्थ्यो भन्नुभयो ।
त्यस्तै डा. रेवती रमण लाल ले नेपाली जी एक व्यक्ति होईन संस्था हुनुहुन्थ्यो भन्नुभयो भने साहित्यकार तथा पत्रकार रोशन जनकपुरी ले नेपाली सर गान्धिवादी भएपनि जनयुद्धको सहयोगी रहनु भएको बताउँदै उहाँले जनयुद्धको माध्यमबाट समाजमा रुपान्तरण होस् भने उनको सोंच पाएको थियो । उनको बिचार मआयोबादीबाट समेत समाजमा पुर्ति हुननसकेको बिचार राख्नुभयो ।
आरम्भमा पत्रकार एवं रंगकर्मी उपेन्द्र भगत नागवंशी उनको जीवनी माथि बोल्नु भयो।
उसैगरी प्रध्यापक डा. रामसागर पण्डित वरिष्ठ पत्रकार नेपाली जी युग पुरुष हुनुहुन्थ्यो बताउनु भयो । सो समारोहमा साहित्यकार सुर्दशन लाल कर्ण,अरुण राउत आर्य,विप्ति मण्डल,राम अशिष मण्डल लगातले मन्तव्य राख्नु भयो ।
मैथली साहित्यकार सभाका अध्यक्ष अरविन्द यादवको अध्यक्षतामा आरम्भ भएको काव्यात्मक सभामा धन्यवाद पूर्व अध्यक्ष प्रेमविदेह ललन ले राख्नु भयो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
17 मिनट पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
3 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
